राजनीतिक अस्थिरतालाई रोक्न राप्रपालाई समर्थन : सांसद सापकोटा

इकागज | भदौ १०, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले राजनीतिक परिस्थितिलाई बलियो बनाउन समिति सभापतिमा राप्रपालाई सहयोग गरेको बताएका छन् ।

आइतबार पूर्वाधार विकास समितिको सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपकबहादुर सिंहलाई समर्थन गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेश र संघमा पनि स्थिरताका लागि योगदान गर्ने मौखिक सहमति भएपछि राप्रपालाई सहयोग गरेको बताएका हुन् । उनले राजनीतिलाई स्थिरता दिन र बलियो एकताको स्थिति बनाउन समर्थन गरेको जिकिर गरे ।

उनले भने, ‘समग्र राजनीतिक परिस्थितिलाई बलियो बनाउने, अहिले अस्थिरता सिर्जना भइरहेको छ, यी सबै कुरालाई स्थिर बनाउने र असमझदारी हटाउँदै बलियो एकताको स्थिति बनोस् भनेरै यो समझदारी गरिएको छ । उहाँहरूले प्रदेश र संघमा पनि स्थिरताका लागि योगदान गर्नुहुनेछ ।’

सांसद सापकोटाले राजनीतिक वृत्तमा अहिले अस्थिरता सिर्जना भइरहेको बताए ।

सभापतिको बदला कोशीमा सघाउने सौदाबाजी राप्रपाले गरेकाे छैन : उम्मेदवार सिंह

इकागज | भदौ १०, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले समिति सभापतिको बदला कोशी प्रदेशमा सत्ता ...

निषेधाज्ञाको भोलिपल्टै धरान पुगेर शेखरले भने : देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न खोजिँदैछ

इकागज | भदौ १०, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरूले देशलाई जातीय र धार्मिक द्व...

सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौती छ : आरजु राणा

इकागज | भदौ १०, २०८०

काठमाडौँ- नेपाली कांग्रेस नेतृ डा.आरजु राणा देउवाले सहकारीको अनियमिततालाई व्यवस्थित गर्नुपर्ने चुनौती ...

समाजवादी शक्तिका सामु दलाल पुँजीवादी शक्ति मुख्य खतरा भएको छः माधव नेपाल

इकागज | भदौ १०, २०८०

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी शक्तिहरु...

कोशी प्रदेशमा जातीय सद्‌भाव बिथोल्ने काम सरकार आफैँले गरिरहेको छ : सांसद न्यौपाने

इकागज | भदौ १०, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले कोशी प्रदेशमा जातीय स...

नेविसंघको नारा : 'डिन तेरो पाराले, दु:ख पायो साराले' (तस्बिरहरू)

इकागज | भदौ १०, २०८०

काठमाडौँ- इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्रीको सरक...

कोशी प्रदेशसँग साट्‌यो राप्रपाले पूर्वाधार विकास समितिको सभापति

जीवन कुँवर | भदौ १०, २०८०

काठमाडौँ- सत्ता गठबन्धनले राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक संसदीय समित...

कोशीमा सहमति गरेर राप्रपालाई पनि संसदीय समितिको सभापति दिने प्रधानमन्त्री प्रचण्डको तयारी

जीवन कुँवर | भदौ १०, २०८०

काठमाडौँ- ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयनका लागि आज उम्मेदव...