एमसीसी कार्यान्वयनको विरोधमा चार कम्युनिस्ट पार्टीले प्रदर्शन गर्दै

इकागज | भदौ १३, २०८०

काठमाडौं- संसद बाहिर रहेका चार साना कम्युनिस्ट पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन विरुद्ध आज देशव्यापी प्रदर्शन गर्ने भएका छन् । 

हिजो बसेको साना चार कम्युनिस्ट पार्टीको संयुक्त बैठकले एमसीसी कार्यान्वयनविरुद्ध आज देशव्यापी प्रदर्शन गर्न लागेका हुन् । आजबाट ७० करोड डलरको सो परियोजना औपचारिक रुपमा कार्यान्वयन जान लागेपछि साना चार कम्युनिस्ट पार्टी सडक प्रदर्शन गर्न लागेका हुन् । 

मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषी कटेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले आज संयुक्त रुपमा प्रदर्शन गर्न लागेको जारी विज्ञप्तिमा जनाइएको छ ।

चारवटै पार्टीका अध्यक्ष एवम महासचिवले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै बुधार देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने र काठमाडौं उपत्यकामा भने माइतिघर मण्डलाबाट दिउसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने जनाइएको छ ।

बिनासर्त एउटा संसदीय समितिको नेतृत्व राप्रपाले पाएको हो : लिङ्देन

इकागज | भदौ १२, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बिनासर्त आफ्नो पार्टीले एउटा संस...

ठूला राजनीतिक दलहरूले स्वर्ग भूमिलाई दूषित तुल्याए : पशुपति समशेर जबरा

इकागज | भदौ १२, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति समशेर जबराले ठूला राजनीतिक दलहरूले...

राजनीतिक दल, धार्मिक र सामाजिक समुदायले अतिवादलाई प्रश्रय नदिऔं : वर्षमान पुन

इकागज | भदौ १२, २०८०

काठमाण्डौं -  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पछिल्लो समय धरानलगायत क्षेत्रमा सामाज...

यती, वाइडबडी, गिरीबन्धुलगायतका प्रकरणको छानबिन गर्न सरकारलाई ओलीकाे चुनौती

इकागज | भदौ ११, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहेका व्यक्तिहरू नै विभिन्न प्रकरणमा मुछिएक...