प्रधानमन्त्री प्रचण्डलाई सरकार धेरै टिक्दैन भन्ने लागिसकेको छ : केपी ओली

इकागज | भदौ १६, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई सरकार धेरै टिक्दैन भन्ने लागिसकेको बताएका छन् ।

एमाले लुम्बिनीको प्रथम अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रचण्डको पछिल्लो समयको अभिव्यक्तिले अब सरकार टिक्दैन भन्ने लागिसकेको बताएका हुन् । उनले एमालेले भने अहिले नै सरकारतर्फ नहेरेको जिकिर गरे ।

ओलीले देश बनाउने परिस्थिति बनेमात्रै सरकारमा जाने एमालेको नीति रहेको बताए । प्रचण्डले एमालेमा पहिरो जान्छ भन्ने अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले आफ्नो पार्टी कच्चा माटोको ढिस्को नभएको बताए ।

अध्यक्ष ओलीले यति, वाइडबडी लगायतमा छानबिन गरे सत्तामा रहेकाहरू नै जेल पर्ने दाबी गरे । उनले ८४ को निर्वाचनमा अरु सबै मिले पनि एमाले एक्लैको बहुमत हुने अभियानमा लागेको उल्लेख गरे ।

त्यस्तै उनले विरोधीहरूलाई देखाउनका लागि पनि एकताबद्ध भएर जान जरुरी रहेको बताउँदै लुम्बिनीमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न निर्देशन दिए । 

कांग्रेस, एमाले र माओवादी एउटै पार्टी हुन् : अध्यक्ष लिङ्देन

इकागज | भदौ १६, २०८०

बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी तीन ...

बुख्याचा सरकारले एमालेविरुद्ध षडयन्त्र गरिरह्याे : केपी ओली

इकागज | भदौ १६, २०८०

बुटवल- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नामको बुख्याचा सरकारले एमालेविरुद्ध षडयन्त्र गरिर...

पार्टीभित्र घात, अन्तर्घात प्रवृत्ति बाँकी नै छ : उपाध्यक्ष पौडेल

इकागज | भदौ १६, २०८०

बुटवल- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीभित्र अझै पनि घात, अन्तर्घातको प्रवृत्ति बाँकी रहेको ब...

प्रचण्डलाई शंकर पोखरेलकाे जवाफ : पहिरो एमालेमा होइन माओवादीमा जान जरुरी छ

इकागज | भदौ १६, २०८०

बुटवल- नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीमा पहिरो जान जरुरी रहेको बताएका छन् । एमाले लुम्ब...

माओवादीको तीन महिने अभियानको उद्‌घाटन आज, प्रचण्डले पेरिसडाँडाबाट सम्बोधन गर्ने

इकागज | भदौ १६, २०८०

काठमाडौँ- नेकपा माओवादी केन्द्रको तीन महिने अभियान आजबाट सुरु हुँदैछ ।  प्रधानमन्त्रीसमेत रहेक...

संसद्‍मा छिर्न लागेको भनेर ममाथि दुष्प्रचार गरियो : महासचिव चन्द

इकागज | भदौ १५, २०८०

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले आफूलाई संसदमा प्रवेश गर्न लागेको भनेर दुष्प्...