एमसीसी अनुगमन समिति बनाउने एकीकृत समाजवादीकाे निर्णय

इकागज | भदौ १८, २०८०

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले १२ बुँदे व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाउँदै कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले एमसीसी कार्यान्वयनका क्रममा १२ बुँदे व्याख्यात्मक घोषणा वेवास्ता गर्न खोजिएको भन्दै व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनाउँदै कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

व्याख्यात्मक घोषणालाई एमसीसीको अंग बनायो कि बनाएर भनेर अनुगमन गर्न पार्टीले पाँच सदस्यीय एमसीसी अनुगमन समिति बनाउने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । समितिको संयोजकमा उपाध्यक्ष राजेन्द्र पाण्डे, सदस्यमा उपमहासचिव गंगालाल तुलाधर, उपमहासचिव जगन्नाथ खतिवडा, सचिव गरिमा शाह र एक जना विषयविज्ञ रहने छन् ।

त्यस्तै बैठकले एमसीसी अनुगमनका लागि संसदीय समिति बनाउनका पहल गर्ने निर्णय गरेको उनले बताए । संयुक्त महासभा र चीनको भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले गर्ने छलफल र एजेण्डाबारेमा पार्टीका तर्फबाट आधिकारिक रूपमा छलफल गर्ने निर्णय गरिएको खतिवडाले जानकारी दिए ।

बैठकमा १० औं राष्ट्रिय महाधिवेशनको तयारीका बारेमा छलफल भएको प्रवक्ता खतिवडाले बताए । 

व्यक्ति परिवर्तनले समस्या समाधान हुन्न, व्यवस्था नै परिवर्तन गर्नुपर्छ : कमल थापा

इकागज | भदौ १८, २०८०

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको विद्यमान अवस्थामा व्यक्ति परिवर्तन गरेर समस्या स...

'वैदेशिक रोजगारीमा गएकाहरूको समस्या समाधानका लागि सरकाले विशेष आयोग गठन गर्नुपर्छ'

इकागज | भदौ १८, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक रोजगारीमा रहेका युवाह...

जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने माओवादीकाे प्रयास असफल : योगेश भट्टराई

इकागज | भदौ १७, २०८०

महोत्तरी- नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा जातीय र धार्मिक द्वन्द्व सिर्जना गर्ने नेकपा माओवादीका...