सहमहामन्त्री यादवलाई आक्रमण गर्नेमाथि कडा कारबाही गर्न कांग्रेसको माग
काठमाडौं - नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निन्दा गरेको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यादवमाथि भएको सांघातिक हमलालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताउँदै दोषमाथि कडा कारबाहीको माग गरेका छन्।
‘यो घटनाको नेपाली काँग्रेस घोर निन्दा र भर्त्सना गर्दछ। रिपोटर्स क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमण पछि उहाँको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले यादवको स्वास्थ्यलाभको कामना समेत गरेको छ ।