एकीकृत समाजवादीलाई बलियो बनाउन कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन

इकागज | भदौ १५, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चा, नेपालको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीलाई बलियो बनाउन पार्टीका नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका हुन् । उनले पार्टीलाई बलियो बनाउँदै समाजवादी मोर्चालाई पनि गतिशील बनाउन आग्रह गरे । उनले एकीकृत समाजवादी माओवादीमा विलीन हुने प्रचार भएको भन्दै मन मिल्ने पार्टीहरूका बीचमा एकता गर्न समाजवादी मोर्चाभित्र रोक नलगाइएको जिकिर गरे ।

नेपालले संगठनलाई गतिशील बनाउन र जनतामा जान मोर्चामा आबद्ध पार्टीका सबैलाई आग्रह गरे । उनले आपसमा खुट्टा नतानि काम गर्न निर्देशन दिए । काम गर्नसके काम गर्न र काम गर्न नसके बाटो छोड्न पनि उनको आग्रह छ ।

अध्यक्ष नेपालले नर्सिङ पढाउने कलेज बन्द भएका कारण विद्यार्थीहरू पढ्न विदेश जानुपर्ने स्थिति आएको भन्दै यस्तो स्थितिको अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरे । विद्यार्थीहरूलाई अध्ययनका लागि विदेश जानु नपर्ने स्थिति बनाउनुपर्नेमा उनको जोड छ । उनले नेपालको शिक्षण संस्थालाई बढावा दिने नीति बनाउनुपर्ने बताए ।

एमसीसीका नाममा राष्ट्रहितविपरीतका कुनै पनि सर्तहरू मान्य हुँदैन : झलनाथ खनाल

इकागज | भदौ १५, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले एमसीसीका नाममा राष्ट्रहितविपरीतका&nb...

नेपालको चुच्चे नक्साको भाग नदेखाउनु चीनको त्रुटिपूर्ण व्यवहार : कांग्रेस नेता महर

इकागज | भदौ १५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले चिनियाँ सरकारले प्रकाशन गरेको नक्सामा ने...

माओवादीले खटायाे जनतासँग माओवादी अभियानका लागि नेताहरू, को कहाँ ? (सूचीसहित)

इकागज | भदौ १५, २०८०

काठमाडौँ- नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी अभियानका लागि नेताहरूलाई जिल्लामा खटाइएको छ । श...

२२ सदस्यीय टोलीको नेतृत्व गर्दै शंकर पोखरेल चीन भ्रमणमा जाने (नामसहित)

इकागज | भदौ १५, २०८०

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेल २२ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाने भएका छन् ...

चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्रीले चीन भ्रमणका बेला कुरा गर्नुहुन्छ : प्रवक्ता सापकोटा

इकागज | भदौ १५, २०८०

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नी सापकोटाले चीनले नेपालको नयाँ नक्सा नसमेटेर जा...

राप्रपाको पार्टी कार्यालय नभत्काउन उच्च अदालतको अन्तरिम आदेश

इकागज | भदौ १४, २०८०

काठमाडौँ - उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय पार्टी क...