अब फेरि एसपीपी सम्झौताको तयारी हुँदैछ : झलनाथ खनाल

इकागज | भदौ ११, २०८०

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको बताएका छन् ।​ सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता समेत रहेका उनले एसपीपीको सबै ड्राफ्ट तयार भइसकेको र एसपीपी पास भइसकेपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्ने दाबी गरे । उनले एमसीसी सम्झौता, इमान्दारितापूर्वक, देशको हितमा गरिएको थियो, राष्ट्रको हितमा गरिएको हो भने किन दस्ताबेजहरू लुकाएको भन्दै प्रश्न गरे ।

‘एमसीसी सम्झौता, इमान्दारितापूर्वक, देशको हितमा गरिएको थियो, राष्ट्रको हितमा गरिएको थियो भने दस्ताबेजहरू लुकाउनुपर्ने के जरुरत थियो त्यहाँ ?  के कारणले लुकाइयो ? दालमा कालो छ भन्ने कुरा त्यहीँबाट थाहा हुन्छ । कार्यदल बनाएर अध्ययन गर्नुपर्छ भनेर मैले र डा. भीम रावलले माग गरेका हौँ । कार्यदल बनाएर अध्ययन गर्दा दिएको प्रतिवेदन एमसीसी भित्र के के समस्या छन् भन्ने कुरा स्पष्ट रूपमा राखेका छौँ,' उनले भने, 'नेपाली जनतालाई त्यसपछि थाहा भयो, के के रहेछन् । एकजना जनरलले मलाई के सूचना दिनुभएको छ भने, मैले नाम खुलाउँदिन भनेको छु, उहाँ अहिले भएको होइन, उहाँले के भन्नुभएको छ भने अर्को एसपीपी सम्झौताको  सारा तयारी हुँदैछ, त्यसको ड्राफ्ट मैले गरेको हो, त्यसपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्न पाउँछ ।’

पूर्वप्रधानमन्त्री खनालले देशको राष्ट्रियता बचाउने कुरा केटाकेटीले गुच्चा खेलेको जस्तो नभएको बताए ।

परराष्ट्र नीति सञ्चालनबारे सरकारमाथि गम्भीर प्रश्नहरू उठेका छन् : ओली

इकागज | भदौ ११, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि पर...

मधेसप्रति न्याय गर्न उद्योग समिति सभापतिबाट पछि हट्यौँ : रास्वपा

इकागज | भदौ ११, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसप्रति न्याय गर्नका लागि आफूले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त...

राजतन्त्र र हिन्दुराष्ट्रको माग गर्दै राप्रपा नेपालले २९ भदौमा प्रदर्शन गर्ने

इकागज | भदौ ११, २०८०

काठमाडौं - कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था पुनर्स्थापना र नेपाललाई हिन्दुराष्ट्र कायम गर्न मा...

समितिमा ३३ प्रतिशत महिलाको अधिकार दिनबाट सरकार चुक्यो : सांसद पराजुली

इकागज | भदौ १०, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले समितिमा ३३ प्रतिशत महिलाको अधिकार दिनबाट सरक...