कांग्रेसका सात वटै प्रदेशका सभापतिको भेला पोखरामा हुने

इकागज | भदौ ७, २०८०

गण्डकी - नेपाली कांग्रेसका सातवटै प्रदेशका सभापतिसहित पदाधिकारीको भेला यही भदौ १६ र १७ गते पोखरामा हुने भएको छ ।

नेपाली कांग्रेसको आगामी मङ्सिर ११, १२ र १३ गते हुने महासमितिको बैठकमा पार्टी सङ्गठनलाई सुधार गर्नका लागि सामूहिक धारणा तय गर्ने गरी भेला आयोजना गरिएको नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जानकारी दिए । 

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा हुने भेलाको उद्घाटन पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको उनले बताए ।  भेलामा प्रदेश समितिको भूमिका एवं पार्टीको संस्थागत विकासलगायतमा छलफल हुने जनाइएको छ । 
 

गाई हत्याको विषयलाई लिएर समाजलाई द्वन्द्वमा फसाउने षडयन्त्र भएको छ : ओली

इकागज | भदौ ७, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाई हत्याको विषयलाई संवेदनशील बनाउनु नहुने बताएका छन्...

नेपाल अन्तर्राष्ट्रिय भ्रष्टाचार र तस्करीको अखडा बन्याे : शेखर कोइराला

सुभाष कर्ण | भदौ ७, २०८०

जनकपुरधाम- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय भ्रष्टाचार र तस्करीको अखड...

पार्टीको अबको मुख्य एजेण्डा राजसंस्थाको पुनःस्थापना : कमल थापा

इकागज | भदौ ७, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पार्टीको अबको मुख्य एजेण्डा राजसंस्थाको पु...

धार्मिक, जातिय द्वन्द्व भयो भने जनयुद्धको भन्दा धेरै मान्छे मर्नेछन्ः सांसद सिंह

इकागज | भदौ ७, २०८०

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले देशमा धार्मिक तथा जातिय द्वन्द्व हुनसक्ने ...