सिंहदरबारमा सर्वदलीय बैठक जारी, ओली पनि सहभागी

इकागज | भदौ ४, २०८०

काठमाडौँ- संसदको गतिरोध अन्त्यका लागि प्रमुख राजनीतिक दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङलगायत नेता सहभागी भएका छन् ।

सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले अवरोध गरेको सदन खुलाउने प्रयासका लागि प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक बोलाएका हुन् । 

यसअघि आइतबार बसेको राष्ट्रिय मान्यताप्राप्त दलको बैठक बिनानिष्कर्ष सकिएको थियो ।

एमाले नेतृत्वको सरकारले नै नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याएको हो : ओली

इकागज | भदौ ४, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको सञ्चार क्षेत्रमा सुधार ल्याउन आफू नेतृत्वको सरका...

मंगलबारबाट सुरु हुने एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकको तयारी पूरा

इकागज | भदौ ४, २०८०

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले मंगलबारबाट सुरु हुने पार्टीको केन्द्रीय समिति बैठकको तयारी पू...

कोही पनि राम्रा छैनन् भन्ने भाष्य स्थापित गर्न खोजिँदैछ : वर्षमान पुन

इकागज | भदौ ४, २०८०

काठमाडौँ - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बत...

समाजवाद उन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलहरूले बहस गर्न जरुरी छ : प्रदीप ज्ञवाली

इकागज | भदौ ४, २०८०

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले समाजवाद उन्मुख अर्थतन्त्रबारे सबै राजनीतिक दलहरूले ब...