कोशीमा माओवादीको जिल्ला र पालिका इन्चार्ज तोकियो (सूचीसहित)

इकागज | भदौ ४, २०८०

काठमाडौँ- कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रले जिल्लादेखि पालिका इन्चार्जसम्मको जिम्मेवारी हेरफेर गरेको छ । केन्द्रीय  सदस्य, केन्द्रीय आयोगका सदस्य, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यरू, केन्द्रीय सल्लाहाकार सदस्य, केन्द्रीय परिषद सदस्य र केन्द्रीय विभागहरूका सदस्यहरूको कार्य विभाजन हेरफेर भएको हो ।

कोशी प्रदेश इन्चार्ज चक्रपाणि खनालको संयोजकत्वमा १० सदस्य प्रदेश सचिवालय गठन भइसकेको छ । अनुशासन आयोगका  अध्यक्ष टंक राई, लेखा आयोगका अध्यक्ष पेशल खतिवडा, सावित्रीकुमार काफ्ले, अजम्बर राई काङमाङ, धर्मशिला चापागाई, सुरेशकुमार राई, ईन्द्रबहादुर आङबो, शिवकुमार मण्डल, हर्कबहादुर नेम्वाङ सदस्य रहेका छन् ।