सुन तस्करीमा मुछिएका सत्तापक्षका नेताहरूलाई जोगाउन सरकारले प्रहरी अधिकारीहरूको सरुवा गर्‍यो : एमाले

इकागज | भदौ ३, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीहरूलाई सरुवा गरेको आरोप लगाएको छ ।

एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरू सो प्रकरणमा मुछिएपछि सरकारले उनीहरूलाई उन्मुक्ति दिने गरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूलाई सरुवा गर्ने काम गरेको बताएका हुन् । आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सिआईबी लगायतका सरकारी निकाय सत्तापक्षले आफ्नो इसारामा चलाउने काम भएपछि आफूहरूलाई त्यसले स्वतन्त्र र निष्पक्ष ढंगले सुन तस्करीको अनुसन्धान गर्ला भन्ने नलागेको जिकिर समेत गरे ।

सचेतक बर्तौलाले सो सुन तस्करीका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएको दाबी गर्दै त्यसबाट पछि हट्न नसकिने अडान समेत दोहोर्याए ।

सचेतक बर्तौलाले एमालेले संसद् बैठक अवरुद्ध नपार्ने तर सुन तस्करीको अनुसन्धानलाई स्वतन्त्र र निष्पक्ष ढंगले अघि बढाउन उच्चस्तरीय समिति भने बन्नुपर्ने बताए ।

 

अनुसन्धानलाई प्रभावित नगरी उच्चस्तरीय संयन्त्र बनाउन एमालेको माग

इकागज | भदौ ३, २०८०

काठमाडौँ- नेकपा एमालेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को अनुसन्धानलाई प्रभावित नपार्...

देशलाई हानी पुर्‍याउने भ्रष्टचारसहितका सबै फाइल खुल्नुपर्छ : महामन्त्री थापा

इकागज | भदौ ३, २०८०

दमक - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई हानी पुर्‍याउने भ्रष्टचारसहितका सबै किसिम...

सांसद शर्माले असंसदीय शब्द प्रयोग नगरेकाले रेकर्डबाट हटाउनु पर्दैन : कांग्रेस

इकागज | भदौ ३, २०८०

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसले पार्टी सांसद डा. सुनिल शर्माले साउन २९ गतेको प्रतिनिधि सभाको ब...

प्रधानमन्त्री प्रचण्डले बोलाए राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूको बैठक

इकागज | भदौ ३, २०८०

काठमाडौँ- संघीय संसद्‌मा देखा परेको गतिरोधलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल &l...