कोशीमा विश्वासको मत दिनेलाई मन्त्री र १० करोडको प्रस्ताव : राजेन्द्र लिङ्देन
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै चलखेल सुरु भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै लिङ्देनले प्रदेश सभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गरेको हल्ला चलेको भएको बताएका हुन् ।
'पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र रु.१० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला KTM सम्मै आइपुग्यो त' लिङ्देनले लेखेका छन् ।