सुन तस्करीमा सरकारको नियतमाथि प्रश्न उठ्यो : कमल थापा

इकागज | साउन २८, २०८०

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सुन तस्करीमा माओवादी नेता महराका बाबुछोराको संलग्नताबारे सप्रमाण तथ्य सार्वजनिक हुँदासमेत छानबिनको घेरामा नआउनुले प्रधानमन्त्री र गृहमन्त्रीको नियतमाथि प्रश्न उठ्नु स्वाभाविक भएको बताएका छन् ।

पार्टी निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार नियन्त्रणमा गृहमन्त्रीको प्रशंसा भइरहँदा यो प्रश्नको निराकरण आवश्यक भएको समेत बताए ।

पोखरा पृथ्वीचोकस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक हटाउनु सुरुमा नै गलत भएको भन्दै थापाले सचेत नागरिकहरूले राखेको राष्ट्रनिर्माताको तस्बिर हटाउनु अर्को गल्ती भएको समेत जिकिर गरे ।

सम्बन्धित निकायले समन्वय गरी पृथ्वीचोकमा राष्ट्रनिर्माताको र उपयुक्त ठाउँमा शहीद लखन थापाको शालिक राख्ने व्यवस्था गर्नुपर्ने समेत थापाको माग थियो । 

सो अवसरमा संगठनका अध्यक्ष हिक्मतजङ्ग भण्डारीले ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को बर्दिया जिल्ला संयोजकमा महेश थारू र निर्माण श्रमिक अध्यक्षमा काशी चौधरी मनोनयन भएको जानकारी दिए ।
 

कांग्रेस बैठकमा सुनील शर्माले भने : गृहमन्त्रीको राजीनामाबाट ब्याक हुँदिनँ

इकागज | साउन २८, २०८०

काठमाडौँ- प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद सुनील शर्माले सुन तस्करी प्रकरणलाई लिएर उपप्रधा...

सुनिल शर्मा पार्टी अनुशासनमा नबसेको कांग्रेस प्रवक्ता महतको आरोप

इकागज | साउन २८, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले पार्टीको अनुशासनमा सबै सदस्य बस्नु...

सुन तस्करीमा उच्च नेतृत्व नै संलग्न, छानबिन समिति बनाउनुपर्छ : एमाले

इकागज | साउन २८, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीमा सरकारको उच्च नेतृत्व नै संलग्न रहेको आरोप लगाएको ...

द्वन्द्वपीडितलाई चित्त बुझाएर मात्र शान्तिप्रक्रिया : अध्यक्ष ओली

इकागज | साउन २७, २०८०

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वपीडितलाई चित्त बुझाएरमात्र शान्तिप्रक्रिया पूरा गर्...