सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीले संसद्‍मा जवाफ दिनुपर्छ : सांसद जबरा

इकागज | साउन १५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सांसद उदय समशेर जबराले सुन तस्करी प्रकरणमा उच्चस्तरको छानबिन आयोग बनाउनुपर्ने बताएका छन् । सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले यस्ता गम्भीर घटनामा सत्तापक्ष र विपक्ष भन्ने नहुने भन्दै मन्त्रालय, विभागबाट नभइ उच्चस्तरको संयन्त्र बनाइ छानबिन गर्नुपर्ने जिकिर गरे । उनले सुन तस्करीको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘यो घटना सत्ता पक्ष, प्रतिपक्ष भन्ने छैन, यसमा उच्चस्तरको छानबिन हुनुपर्छ । हुनुहुँदैन भन्ने नै छैन । उच्चस्तरीय स्तरबाट छानबिन हुनुपर्छ, मन्त्रालय, विभागबाट होइन, होइन विपक्ष दलको होइन हामी सबैको माग हो, सुन तस्करीमा हामी गम्भीर छौँ । यो नेपालमा नौलो होइन, पुरानो बेलामा पनि थियो, बरु दुई चार दिन ढिलो होस्, उच्चस्तरीय छानबिन हुनुपर्छ । मलाई लाग्छ, सरकार उच्चस्तरीय छानबिन गर्न तयार छ । यो सदन खुलेर के के भएको हो भनेर प्रधानमन्त्रीले जवाफ दिनुपर्छ । मुल माफियाको नाइके पत्ता लगाउनुपर्छ, तबसम्म सरकारलाई दबाब हामी पनि दिन्छौँ । तर, संसदका अरु बिजनेस चल्न दिनुपर्छ ।’

सांसद जबराले सुन तस्करमा मुख्य व्यक्ति पक्राउ गर्नुपर्ने बताए । मुख्य व्यक्ति पक्राउ नपरेसम्म सरकारलाई दबाब दिइरहने बताए ।

उच्चस्तरीय छानबिन समिति बनाउन सरकारले भोलिसम्मको समय मागेको छ : गोकुल बाँस्कोटा

इकागज | साउन १५, २०८०

काठमाडौँ- नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबि...

मन्त्री, कर्मचारी र उच्च नेताहरू तानिने डरले उच्चस्तरीय समिति बनाएर छानबिन गर्न सरकार डरायो : पदम गिरी

इकागज | साउन १५, २०८०

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकार मन्त्रीहरू अनुसन्धानमा तानिने डरले सुन तस्क...

पार्टी कार्यालय सार्न महानगरसँग राप्रपाले माग्याे ३५ दिनको समय

इकागज | साउन १५, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यालय सार्न काठमाडौँ महानगरपालिकासँग ३५...

राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैैको कर्तव्य : सभापति देउवा

इकागज | साउन १५, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकतालाई स्थायी गराउनु सबैको कर्तव्य भएक...

हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्न राजनीतिक दलहरूकाे आग्रह

इकागज | साउन १५, २०८०

मकवानपुर- मकवानपुरको हेटौंडामा रहेको प्रदेश स्तरको अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञा...

सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति बनाउने पक्षमा छैन : महेश बर्तौला

इकागज | साउन १५, २०८०

काठमाडौँ- नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकार अहिले पनि उच्चस्तरीय छानबिन समिति गठन गर्ने पक्षमा ...

सुन प्रकरणमा म माथि लागेको आरोपबारे छानबिनका लागि तयार छुः वर्षमान पुन

इकागज | साउन १५, २०८०

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सुन प्रकरणको निष्पक्ष ढंगले छानबिन हुनुपर्ने ब...

महाधिवेशनकाे मिति तय गर्दै नेकपा एस, रिक्त रहेका पदमा पूर्ति गर्ने तयारी

इकागज | साउन १५, २०८०

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय, आलोकनगर, मीनभवनम...