निर्माण व्यवसायी आन्दोलनमा मेरो पूर्ण समर्थन छ : सांसद सापकोटा

इकागज | साउन १६, २०८०

काठमाडाैँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले निर्माण व्यवसायीहरू गरेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ठेक्का लागिसकेपछि रनिङ बिलमा समेत कन्ट्याक्टरहरूले पेमेण्ट नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले केही दिनपछि अरनिको राजमार्गसमेत ठप्प पार्ने गरी आन्दोलन हुन लागेको भन्दै आफू पनि सहभागी बन्नसक्ने जानकारी दिए ।

उनले आन्दोलनकारीका जायज माग भएकाले हड्तालमा गएर सडकमा बस्नुपर्ने स्थिति रहेको जानकारी गराए । सांसद सापकोटाले चालू रहेका प्रोजेक्टहरूकै पेमेण्ट गर्न नसक्ने हो भने नयाँ योजनाको कुरा गर्नु बेकार रहेको जिकिर गरे ।

सांसद सापकोटाले  भने, ‘ प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीहरू अहिले पनि हड्तालमा हुनुहुन्छ। म त्यो आन्दोलनप्रति समर्थन गर्न चाहन्छु । मेरो निर्वाचन क्षेत्रमा पनि ५/६ वटा यस्ता परियोजनाहरू छन्, जो ठेक्का भएर चालू रहेका रनिङ बिलमा समेत कन्ट्याक्टरहरूले पेमेण्ट पाएका छैनन् ।

सांसद सापकोटाले चालू आर्थिक वर्षमा अर्थतन्त्र कसरी चल्छ भन्ने चिन्ता रहेको बताएका छन् । साथै, उनले कुनै क्षेत्रमा अर्बौंका योजना र कुनै क्षेत्रमा १० लाखका योजनाले सन्तुलित विकास हुन नसक्ने समेत जिकिर गरे ।

पछिल्लो सुन तस्करी छानबिनका लागि सरकारले छुट्टै समिति गठन गर्नुपर्छ : सांसद पौडेल

इकागज | साउन १६, २०८०

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले पछिल्लो सुन तस्करी प्रकरण छानबिनका लागि ...

भ्रष्टाचारीको विरुद्धमा सबै एक भएर लड्नुको विकल्प छैन : सांसद भण्डारी

इकागज | साउन १६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले अनियमितता गर्नेहरूको विरुद्धमा सबै एक भएर लड्न...

टिआरसीसँग सम्बन्धित विधेयक छिटोभन्दा छिटो पारित गर्नुपर्छ : कांग्रेस

इकागज | साउन १६, २०८०

काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसको पार्टी पदाधिकारी बैठकमा सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छान...

भ्रष्टाचारका काण्डहरूमा प्रधानमन्त्री र गृहमन्त्रीको संलग्नता छ : अध्यक्ष थापा

इकागज | साउन १६, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री र गृहमन्त्री ठूला भ्रष्टाचा...

सुन तस्करी छानबिनलाई सहज बनाउन एमालेले उच्चस्तरीय समितिको माग गरेको हो : महेश बर्तौला

इकागज | साउन १६, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनलाई सहज बनाउ...

पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण कांग्रेसले नगर्ने

इकागज | साउन १६, २०८०

चितवन - नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरु...

नेत्रविक्रम चन्दलाई हामीले बोलाएका हौँ, मिडियाले हाइलाइट गरे : जनार्दन शर्मा

इकागज | साउन १५, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले पार्टीमा नेत्रविक्रम चन्दलाई स्वीकार्न गाह्रो नभए...

सरकार र प्रतिपक्षीको द्वन्द्वका कारण संसद् बन्दी भयो : प्रमुख सचेतक परियार

इकागज | साउन १५, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले सुन तस्करी प्रकरणको अनुसन्धानका&...