समाजवादी मोर्चामा आबद्ध हुन सबै पार्टीहरुलाई माधव नेपालको आग्रह

इकागज | साउन १४, २०८०

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबै राजनीतिक दलहरुलाई समाजवादी मोर्चामा आउन आह्वान गरेका छन् । 

आइतबार समाजवादी मोर्चामा आवद्ध पार्टी निकटका विद्यार्थी संगठनहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राष्ट्र र जनताको हितका निम्ति समाजवादी मोर्चामा आउन आह्वान गरेका हुन् । उनले देशको हीत हुने नीति अवलम्बन गर्न र जनताको चाहना अनुरुपको परिपाटी बसाल्नका निम्ति पनि राजनीतिक दलहरुका बीचमा एकताको आवश्यकता रहेको बताए । उनले भ्रष्टाचार, अत्याचार, शोषण, उत्पीडन र असमानता हटाउनका लागि एकतावद्ध हुनुपर्ने बताए । त्यस्तै भेदभाव, अन्याय र अत्याचारका बिरुद्धमा पनि एक हुनुपर्ने उनको भनाई छ ।

उनले भने, – ‘हामी सबैलाई यो मोर्चामा आउनका लागि आह्वान गर्दछौँ । आउनुहोस् बसौँ । नेपाल राष्ट्रका हीतका लागि, नेपाली जनताका हितका लागि, कस्तो–कस्तो नीति अवलम्वन गर्नुपर्छ ? त्यसको निम्ति हामी मिलेर अगाडी बढौँ । देशलाई राम्रो बनाउनका लागि, यो देशमा साँच्चै नेपाली जनताले चाहाना गरे बमोजिम परिपाटी बसिरहेको छ भन्ने कुरालाई देखाउनका लागि पनि, स्थापित गर्नका लागि पनि हाम्रो बीचमा एकताको आवश्यकता छ । अनुचित कुराको हामीले बिरोध गर्ने हो । चाहे त्यो भ्रष्टाचार होस् । चाहे त्यो अत्याचार होस् । शोषण होस् । उत्पीडन होस् । असमानता होस् । भेदभाव होस् । अन्याय, अत्याचार होस् । यि सबैका बिरुद्धमा हामीले एकतावद्ध भएर जुट्नु पर्दछ । यस अर्थमा समाजवाद भनेको समानताको नाम हो । न्यायको परिपाटीको नाम हो । जनताको समृद्धिको नाम हो । यस अर्थमा समाजवादमा प्रत्येक व्यक्तिको व्यक्तित्वलाई उजागर गर्नका लागि, अघि बढाउनका लागि अनुकुल परिवेशहरु निर्माण गरिन्छ । यस अर्थमा पनि हामीले सानै उमेरदेखि यस्तो परिवेश निर्माण गरिनुपर्छ । जहाँ सबैको व्यक्तित्वको विकास गर्ने सबैले अवसर पाउन् सकुन् ।’

उनले समानता, समृद्धि र न्यायको नाम नै समाजवाद भएको भन्दै समाजवाद स्थापनाका परिवेश निर्माण गर्न सबै लाग्नुपर्ने बताए । 

राप्रपा नेपाल र संयुक्त राष्ट्रिय आन्दोलन मोर्चाबीच एकता गर्ने सहमति

इकागज | साउन १४, २०८०

काठमाडौँ- राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता गर्ने सहमति भएको छ । यही साउन १६ गत...

खाणलाई अदालतले दोषी ठहर गरेमात्रै पार्टीले कारबाही गर्छ : नेता सिंह

इकागज | साउन १४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी न...

सुनकाण्डको जरैदेखि अनुसन्धान नभए कांग्रेसबाट सहभागी मन्त्रीहरूको राजीनामा माग्छौँ : प्रदीप पौडेल

इकागज | साउन १४, २०८०

बुटवल- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुनकाण्डको जरैदेखि अनुसन्धान नभए कांग्रेसबाट सरकारका मन्त्र...

माओवादी पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदनबारे आन्तरिक छलफल सुरु

इकागज | साउन १३, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले यही साउन १७ देखि बस्ने पार्टी केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने ...