मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर छैन : उपमहासचिव ज्ञवाली

इकागज | साउन १८, २०८०

लुम्बिनी- नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भीर नभएको बताएका छन् । मुलुकले इतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

एमालेका नेता स्व जीवराज आश्रितको ८०औँ जन्मजयन्तीका अवसरमा आज बुटवलमा आयोजित विचार गोष्ठीमा उपमहासचिव ज्ञवालीले राजस्व सङ्कलन न्यून हुँदा कर्मचारीलाई समस्या भएको बताए । निर्माण व्यवसायीले काम पूरा गरेर पनि भुक्तानी पाउन नसकेको अवस्था रहेकाले सरकार यसप्रति गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

उपमहासचिव ज्ञवालीले सुन काण्डमा जोडिएका व्यक्तिलाई उन्मुक्ति दिन नहुनेमा सरकारको ध्यानाकर्षण गराए । एमालेले भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग गठनको माग अघि बढाएको उनको भनाइ थियो । 

कार्यक्रममा डा मुरारी पराजुलीले प्रस्तुत गरेको ‘प्रगतिशील संस्कृतिको निर्माणमा जीवराज आश्रितको दृष्टिकोण’ विषयक अवधारणापत्रमा विचार व्यक्त गर्दै उपमहासचिव ज्ञवालीले पार्टीभित्र बढ्दै गएको अराजकता समाधानका लागि जीवराजको विचार अनुशरण गर्नुपर्ने बताए ।

माओवादी नेता भन्छन् : सरकारले थालेका जनप्रिय कामको समर्थन छ

इकागज | साउन १८, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी अ...

केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनलाई समर्थन गर्दै कार्यान्वयनमा जोड

इकागज | साउन १८, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवे...

अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग पुरानै मन्त्रालयअन्तर्गत फर्काऔँ : नेता कोइराला

इकागज | साउन १८, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग प्...

माओवादी केन्द्र विधानसम्मत रूपले नचलेको भन्दै केन्द्रीय सदस्यहरू असन्तुष्ट

इकागज | साउन १८, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यहरूले पार्टी विधिसम्मत रूपले नचलेको भन्दै असन्तुष्...

रविलाई शंकरको प्रश्‍न : महिलाका लागि मात्रै निशुल्क सार्वजनिक यातायात कस्तो समाजको परिकल्पना हो ?

इकागज | साउन १८, २०८०

काठमाडौँ- चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले निशुल्क सार्वजनिक यातायात महिलाका लागि मात्र भनेर चितवनबाट ...