बजेटबारे गोकर्ण बिष्टको टिप्पणी : जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन

इकागज | जेठ २८, २०८०

काठमाडौँ- नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पहुँचवाला व्यक्तिहरूको जिल्लामा केन्द्रित भएको आरोप लगाएका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ बजेट जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन भने जस्तै रहेको टिप्पणी उनले गरेका हुन् ।

आइतबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संसदमा प्रस्तुत बजेटले वर्तमान आर्थिक समस्या समाधान गर्न नसक्ने बताए । उनले बजेट औपचारिकतामा मात्रै सीमित भएको बताए । उनले आम नागरिकको लागि सरकारले ल्याएको बजेट कागलाई बेल पाक्यो हर्ष न विष्मात झैँ भएको बताए ।

सचिव बिष्टले सरकारले ल्याएको बजेटले जनतामा कुनै उत्साह पैदा गर्न नसकेको जिकिर गरे । उनले बजेटले विद्यमान आर्थिक संकट मन्दी र वर्तमान चुनौतीलाई सम्बोधन गर्न नसक्ने भन्दै अर्थतन्त्रले गति लिन नसक्ने दाबी गरे । उनले अर्थमन्त्री डा.प्रकाशशरण महतको जिल्ला नुवाकोट, प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन जिल्ला गोरखा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन जिल्ला डडेलधुरामा देशको सम्पूर्ण स्रोत साधन प्रयोग हुनु राम्रो नभएको  बताए ।

विधि मापदण्ड, विवेक र न्यायका आधारमा बजेटको सही रूपमा विनियोजन हुन नसकेको उनकाे भनाइ छ । सचिव बिष्टले न्याय स्थापित गर्ने गरी बजेट ल्याउन नसक्दा अर्थमन्त्री, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको पहुँच भएका जिल्ला मात्रै बजेट जाने बताए । सरकारले ल्याएको असमानताको बजेटबाट बाँकी जिल्लाका जनताले कसरी न्याय पाउने र विकासको आश गर्ने भन्दै उनले प्रश्न गरे ।

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएर आफ्नो सत्ताको आयु लम्ब्याउन सफल भए : महेश बस्नेत

इकागज | जेठ २७, २०८०

काठमाडौँ- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले देश विकास र समृद्धीको भिजन र दृष्टिकोण आफ्...

प्रधानमन्त्री दाहालले देशका नदीनालाहरू भारतलाई सुम्पने काम गरे : राजेन्द्र लिङ्देन

इकागज | जेठ २७, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालले दे...

प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशहितको पक्षमा चुइँक्क पनि बोल्न सकेनन् : ओली

इकागज | जेठ २७, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भा...

सत्ता टिकाउनका लागि रेशम चौधरीलाई आममाफी दिइयो : कांग्रेस नेता कोइराला

इकागज | जेठ २७, २०८०

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले स...

पार्टीका नेता-कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न कांग्रेस सभापति देउवाको निर्देशन

इकागज | जेठ २७, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता, कार्यकर्तालाई ...