सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्छ : सभापति देउवा

इकागज | जेठ २६, २०८०

चितवन- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका छन् । नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताएका हुन् ।

आफूलाई पुनः सभापति बन्ने रहर नरहेको भन्दै उनले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको बताए । उनले भने, 'नेपाली कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि सबै मिलेर अघि बढौँ ।' 

नेकपा एमाले भित्र उमेर हद हटाइएको भन्दै उनले थपे, 'हामीकहाँ त्यस्तो छैन । तर, दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन । मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन ।' प्रजातन्त्र बलियो भयो भने नेपालको विकासमा ठूलो सहयोग पुग्ने उनको भनाइ थियो । 

पूर्वप्रधानमन्त्री देउवाले कानुन व्यवसायी अझ बढी सक्षम हुँदै प्रजातन्त्रको रक्षाका लागि लाग्नु पर्ने बताए ।

प्रजातन्त्रलाई बलियो र सुदृढ बनाउन डिएलएको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । उनले भने, 'यो भूमिकालाई अझै सशक्त बनाउँदै लैजानुपर्छ ।' आफू पनि कानुनको विद्यार्थी भएको भन्दै देउवाले अभ्यास गर्न नपाउँदा दुःख लागेको बताए । कानुन व्यवसायी पेसा मर्यादित भएको उनको भनाइ थियो ।

बिपी कोइराला पनि कानुन व्यवसायी भएको भन्दै उनले भने, 'बिपी कोइराला पार्टीमा कानून व्यवसायी (लयर) हुनुहुन्थ्यो । भारतीय नेता जवाहरलाल नेहरू पनि कानुन व्यवसायी हुनुहुन्थ्यो । लयर राम्रो हो, मैले पनि ल पढेको हुँ, प्राक्टिस गर्न पाइनँ ।' अमेरिकामा कानुन पढेका राष्ट्रपतिलगायत उच्च तहमा पुगेको भन्दै उनले कानुनको ज्ञान सबैलाई हुनुपर्ने बताए । 

 

राष्ट्रिय सहमतिका आधारमा नागरिकता सम्बन्धी ऐन बनाउनुपर्छ : कमल थापा

इकागज | जेठ २६, २०८०

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमतिका आधारमा नागरिकता सम्बन्धी ऐन बनाउनुपर्ने बत...

प्रधानमन्त्री दाहाल विदेशी रिझाउने र सत्ता टिकाउने खेलमा लागि परेको एमाले सचेतक बर्तौलाको आरोप

इकागज | जेठ २६, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्ताैलाले प्रधानमन्त्री पुष्पकमल दाहाल सत्ता टिकाउ...

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव गैरसंवैधानिक : एमाले

इकागज | जेठ २६, २०८०

काठमाडौँ- नेकपा एमालेका नेता केदार कोइरालाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने प्रस्ताव गैरसंवै...

नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखा पर्‍यो : माधव नेपाल

इकागज | जेठ २६, २०८०

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखा...

उपसभामुख र दलका उपनेतामाथि भएको आक्रमणको एमाले संसदीय दलद्वारा भर्त्सना

इकागज | जेठ २५, २०८०

विराटनगर- पहिचानवादी समूहको नाममा दल सम्बद्ध नेता कार्यकर्ताहरूकै संलग्नतामा उपसभामुख सृजना दनुवारमाथि...