कांग्रेस कार्यवाहक सभापतिमा खड्का

इकागज | जेठ ३१, २०८०

काठमाडौँ–नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले सम्हाल्ने भएका छन् ।

सभापति शेरबहादुर देउवा स्वास्थ्य जाँचका लागि सिंगापुर गएकाले आफ्नाे अनुपस्थितिमा देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापति तोकेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवा देश बाहिर प्रस्थान गर्नु भएकोले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि नेपाली कांग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको छ,’ पार्टी कार्यालयबाट जारी विज्ञप्तिमा लेखिएको छ । 

गएराति  १२ बजे सिंगापुर एयरलाइन्सको फ्लाइटबाट सभापति देउवा  नियमित स्वास्थ्य जाँचका लागि सिंगापुर गएका हुन्।

 

कोशीमा कांग्रेसलाई अरु दलले अस्वीकार गरे दलकै नेता फेर्न तयारः घिमिरे

इकागज | जेठ ३०, २०८०

विराटनगर - नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरले कोशी प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्धव ...

अध्यक्ष मनोनीत गरेको झन्डै एक वर्षपछि महिला संघमा केन्द्रीय सदस्यहरू मनोनयन(सूचीसहित)

इकागज | जेठ ३०, २०८०

काठमाडौँ - नेपाली कांग्रेसको भातृ संगठन महिला संघ गठन भएको छ । कांग्रेसले आज ५२ जना केन्द्रीय सदस्य मन...

चिल्ला गाडीमा चढ्न र काठमाडौंमा घर किन्न राजनीति गरेको होइन:  किशोरसिंह राठौर

इकागज | जेठ ३०, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले चिल्ला गाडीमा चढ्न र काठमाडौंमा घर किन्न रा...

जनयुद्धमा सामेल नभएकाहरूले प्रचण्डविरुद्ध मुद्दा हाले, प्रतिवाद गर्छौं : सचिव पौडेल

इकागज | जेठ २९, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएका व्यक्तिहरूले ...

कांग्रेसले सत्ता र विचारका लागि सम्झौता गर्दैन : महामन्त्री थापा

इकागज | जेठ २९, २०८०

मनहरी- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता र विचारका लागि कांग्रेसले कसैसँग पनि सम्झौता नगर्ने...