समाजवादी शक्तिहरूलाई एकताबद्ध गर्न समाजवादी मोर्चा : माधव नेपाल

इकागज | असार ३, २०८०

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी शक्तिहरूलाई एकताबद्ध गर्नका लागि समाजवादी मोर्चा बनाउन खोजिएको बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले निश्चित विचार मिल्ने समाजवादी शक्तिहरू एक हुनु स्वाभाविक रहेको भन्दै समाजवादी शक्तिहरूलाई एकीकृत गर्न मोर्चा बनाउन खोजिएको बताए । उनले समाजवादी मोर्चाका कारण कोही पनि डराउनुपर्ने अवस्था नरहेको भन्दै मोर्चामा आगामी दिनमा अन्य दललाई पनि गोलबन्द बनाउने धारणा राखे ।

राम्रो उद्देश्यका लागि एक ठाउँ आउँदा विरोध गर्नुपर्ने कुनै कारण नभएको उनको भनाइ छ । माओवादी केन्द्र, नेकपा समाजवादी लगायतका दलले सोमबार समाजवादी मोर्चा घोषणा गर्दै छन् । 

बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न कांग्रेसको आग्रह

इकागज | असार ३, २०८०

काठमाडौँ - नेपाली कांग्रेसले बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह गरेको छ । प्रभावित क्...

बजेट निर्माण प्रक्रियामा भएका कमजोरीहरु सच्याउन आवश्यकः रमेश लेखक

इकागज | असार ३, २०८०

काठमाडौँ - नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट निर्माण प्रक्रियामा भएका कमजोरीहरु सच्याउन आ...

संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध हुन जरुरीः पदम गिरी

इकागज | असार ३, २०८०

काठमाडौँ - नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संघीयतालाई बलियो बनाउन वित्तीय संघीयतामा प्रतिवद्ध ह...

माधव नेपाललाई राजेन्द्र पाण्डेको चुनौती: तपाई बजेटको समर्थन गर्नुस्, हामी गर्दैनौँ

इकागज | असार ३, २०८०

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने च...

मुख्यमन्त्रीहरुको क्लब निर्माण गर्नुपर्छः पृथ्वीसुब्बा गुरुङ

इकागज | असार ३, २०८०

काठमाडौँ - नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सातै प्रदेशका मुख्यमन्त्रीहरुको क्लव निर्माण गर्नु...

म ठूला कुरामा मात्रै बोल्छु, साना कुरामा बोल्न भ्याउँदिनँ : रवि लामिछाने

इकागज | असार २, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीहरूलाई एकैपटक जेलमा कोच्न...