मधेशमा भागबण्डासहितकाे भ्रष्टाचार राेक्न जनसंघर्ष आह्वान

इकागज | असार २, २०८०

जनकपुरधाम-  आम जनता पार्टीका अध्यक्ष प्रभु शाहले मधेशमा भइरहेको भागबण्डासहितको भ्रष्टाचार रोक्न जनसंघर्षको आह्वान गरेका छन् ।

धनुषाको जनकपुरधाममा आम जनता पार्टीले राखेको अगुवा कार्यकर्तासँगको भेटघाट तथा अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहले उक्त आह्वान गरेका हुन् ।

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

आफ्ना आसेपासे कार्यकर्तालाई मात्र काम लाग्ने बजेट ल्याएकाले यस्तो बजेटको विरोध गर्न आफ्ना कार्यकर्तालाई उनले आह्वान गरे । यसको बारेमा आम जनतालाई बुझाउन पनि उनले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

कार्यक्रममा आजपाका केन्द्रीय एवं जिल्ला स्तरीय नेता तथा तथा कार्यकर्ता उपस्थित थिए ।

भ्रष्टाचारमा तानिएका नेताहरूको प्रतिरक्षा राजनीतिक दलहरूले गर्नु हुन्न : विश्वप्रकाश शर्मा

इकागज | असार २, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरूको प्रतिरक्षा...

भुटानी शरणार्थी प्रकरणमा जोडिएका सांसदहरूलाई पार्टीबाटै निष्कासन गर्न रविकाे चुनौती

इकागज | असार २, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोड...

बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा आवश्यक : अध्यक्ष नेपाल

इकागज | असार २, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माणका ...

निर्वाचनलाई लक्षित गरेर सङ्गठन विस्तारमा जुट्न रास्वपाको आग्रह

इकागज | असार २, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि के...