वामपन्थी एकता अपरिहार्य : झलनाथ खनाल

इकागज | असार ४, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सबै वामपन्थी शक्ति एकताबद्ध भएर वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताएका छन् । चार दलले समाजवादी मोर्चा घोषणा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले अब मोर्चाले देशमा रहेका सबै क्रान्तिकारी शक्तिलाई एक ठाउँमा ल्याउन पहल गर्नुपर्ने धारणा राखे ।

विगतमा भएका क्रान्तिले लिएका उद्देश्यअनुरूप प्रतिफल प्राप्त गर्न नसक्दा कम्युनिस्ट पार्टीहरू छताछुल्ल बनेको बताउँदै उनले समाजवाद ल्याउने उद्देश्यसहित क्रान्तिकारी शक्ति एक ठाउँमा आउनु पर्ने बताए । मोर्चा सत्तालाई टिकाउने मोर्चामात्रै बन्न नहुने बताउँदै उनले मोर्चा साँचो अर्थमा सम्पूर्ण वामपन्थीलाई एकताबद्ध बनाउने मोर्चा बन्नुपर्ने धारणा राखे ।

उनले देशमा अहिले पनि विगतमा कम्युनिस्ट आन्दोलनले उठाएका समस्याहरू कायम रहेको बताए । 

नेताहरू राष्ट्र र पार्टीको स्वार्थभन्दा पनि व्यक्तिगत स्वार्थमा केन्द्रित भए : नेता सिटौला

इकागज | असार ४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेताहरू व्यक्तिगत स्वार्थमा केन्द्रित भएको टिप्प...

उपेन्द्र यादव भन्छन् : परिवर्तनका लागि प्रगतिशील शक्ति मोर्चाबद्ध भयौँ

इकागज | असार ४, २०८०

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुकको परिवर्तनका लागि प्रगतिशील श...

सांसदहरूको मागअनुसार संशोधन नभए बजेट पास हुन दिँदैनौँ : अध्यक्ष राउत

इकागज | असार ४, २०८०

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सांसदहरूको मागअनुसार बजेट संशोधन नभए बजेट पास हु...