आगामी निर्वाचनमा एमालेले प्रतिनिधिसभामा एक्लै १५० सिट ल्याउँछ : भट्टराई

इकागज | असार ९, २०८०

काठमाडौँ- नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले आगामी निर्वाचनमा एमालेले प्रतिनिधिसभामा एक्लै १५० सिट हासिल गर्ने दाबी गरेका छन् ।

शनिबार सर्लाहीको लालबन्दीमा नेकपा एमाले मधेश प्रदेशस्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै भट्टराईले मिसन ८४ मा एमालेको ध्यान रहेको भन्दै प्रतिनिधिसभामा १५० सिट हासिल गर्ने दाबी गरेका हुन् । उनले अहिलेको जस्तो टाइम पास सरकार बनाएर मुलुकको अर्थतन्त्र, वैदेशिक सम्बन्ध धराशायी बनाउने कार्यलाई बन्द गर्ने जिकिर गरे ।

अहिलो संसदमा कमजोर पार्टीको नेतृत्वमा बनेको सरकारले मुलुकलाई सही दिशा नदिने उनले बताए । उनले यसअघि एमालेलाई मधेश प्रदेशबाट लखेट्न अनेक प्रयास भएको भए पनि मधेशका नेता कार्यकर्ताहरू एकजुट भएका कारण उक्त प्रयास असफल भएको बताए ।

उनले केही समय अघि मधेश कै नाममा मुलुक विभाजन गर्न खोजेको र अन्तर्राष्ट्रिय शक्तिले पनि साथ दिइसकेको अवस्थामा एमालेले दृढ भएर प्रतिकार गरेको धारणा राखे ।

रवि लामिछानेको दाबी : रास्वपालाई २०८४ को निर्वाचनमा पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन

इकागज | असार ९, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले २०८४ सालको निर्वाचनमा आफ्नो पार्टीला...

ओली कम्युनिष्ट सरकार ढालेर दलाल पुँजीवादी कांग्रेसको सरकार बनाउन लाग्दैछन् : माधव नेपाल

इकागज | असार ८, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्...

माधवलक्षित झलनाथको कटाक्ष : दुई जना मन्त्री बनाएर पार्टी बन्दैन

इकागज | असार ८, २०८०

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट दुई जना मन्त्री बनाएर क्रान्ति अघि नबढ्ने बताएका छन् । श...

प्रचण्ड सरकारको विकल्पको ढोका खुलिसक्यो : एमाले प्रचार प्रमुख गौतम

इकागज | असार ८, २०८०

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले पुष्पकमल दाहाल ...