वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष चल्छ : विमलेन्द्र निधि

इकागज | असार १२, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष चल्ने दाबी गरेका छन् ।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा आयोजना गरेको समाज सेवा र शान्ति विषयक विचार गोष्ठीमा निधिले मुलुकको प्रणालीलाई सफल कार्यान्वयन गर्नका लागि पनि वर्तमान गठबन्धन पाँच वर्ष नै चल्ने भन्दै कुनै भ्रममा नपर्न सुझाव दिए । उनले कुनै हालतमा गठबन्धन नटुट्ने समेत स्पष्ट पारे ।

निधिले पाँच वर्षसंगै हिँडे पनि ८४ को निर्वाचनमा भने कांग्रेस एक्लै लड्नुपर्ने र त्यसको तयारी अहिलेदेखि नै गर्नुपर्ने बताए । उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागतका गर्नका लागि सबैले ध्यान केन्द्रित गर्नुपर्ने भन्दै उपलब्धिलाई संस्थागत नसके गठबन्धन, समाजवादी मोर्चा लगायत सबै निरर्थक रहने जिकिर गरे ।

निधिले उमेरको बहस गर्नुभन्दा पनि विचारको बहस गर्दै पार्टीलाई बलियो बनाउनका लागि ध्यान केन्द्रित गर्न सुझाव दिए ।

गठबन्धनमा भ्रम छरेर मुलुकलाई अन्योलमा राख्नु हुँदैन : सांसद कार्की

इकागज | असार १२, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सत्ता गठबन्धनमा भ्रम छरेर मुलुकलाई दु...

जलहरी प्रकरणमा छानबिन समिति बनाए राष्ट्रपतिलाई संयोजक बनाउनुपर्छः योगेश भट्टराई

इकागज | असार १२, २०८०

काठमाडौँ - नेकपा एमालेका सचिव योगेश भट्टराईले पशुपति मन्दिरको जलहरी प्रकरणमा संसदीय छानबिन समिति बना...

जलहरीमा नाम कुँदिएकोबारे सचेतक बर्तौला भन्छन् : उद्घाटन गर्नेको नाम लेखिनु सामान्य

इकागज | असार ११, २०८०

काठमाडौँ- नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि...

बजेट धेरै लैजान मन्त्री नै हुनुपर्ने अवस्था सरकारले देखायो : सांसद पाण्डे

इकागज | असार १०, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री र सांसदहरू...