अहिल्यै गठबन्धन फेरिन्न : मन्त्री महत

इकागज | असार १६, २०८०

पोखरा - अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन फेरबदल नहुने स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री महतले गठबन्धन भत्किने विषय हल्ला मात्रै भएको जिकिर गरे । नेकपा एमाले र नेपाली कांग्रेसका दोस्रो तहका नेता नयाँ गठबन्धन बनाउन सक्रिय रहेको खबरमा सत्यता नभएको उनको भनाइ थियोे । ‘संसदमा सबै दलसँग भेट भइरहन्छ । त्यसकै आधारमा गठबन्धन नै फेरिन थाल्यो भन्ने अफबाह फैलनु गलत हो,’ उनले भने ।  

नेपाली कांग्रेस बोल्ने भन्दा देशको आवश्यकता अनुसार काम गरेर देखाउने पार्टी भएको दाबी गरे । अर्थमन्त्री डा. महतले हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको बताए । ‘हाम्रो अर्थतन्त्रमा केही समस्या थिए, राजस्व कम उठिरहेको थियो । जनआकांक्षा बढ्दो छ, श्रोत साधन सीमित रहेको अवस्थामा हामीले बजेट प्रस्तुत गरेका हौं’ उनले भने, ‘अर्थतन्त्रको गतिशीलतामा समस्या आइरहेको थियो । लगानीको वातावरण राम्रो भइरहेको थिएन । बैंकमा ब्याजदर बढी थियो ।’

समय तालिकाका आधारमा वैदेशिक सहयोगको सदुपयोग गर्ने प्रवन्ध सुनिश्चित गरिसकेपछि वैदेशिक सहयोग थप माग गर्न सहज हुने उनको भनाई थियो । ‘सहयोग दिएको छ, खर्च भएको छैन, अर्को माग्नुको कुनै अर्थ हुँदैन’ मन्त्री डा. महतले भने, ‘खर्च प्रकृयालाई सहज बनाउने र अनुशासन कायम गर्ने काममा म लागेको छु । कुनै दायाँबायाँ, पक्ष, विपक्ष र घरना नहेरी अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउन आवश्यक छ । जनता र देशलाई केन्द्रमा राखेर मैले बजेट प्रस्ताव गरेको छु ।’

नेपालमा पूँजीगत खर्च नहुने अर्को ठूलो समस्या वास्तविकता रहेको उनले बताए । अहिलेको बजेटले प्रकृयामा व्यापक सुधार ल्याउने, निश्चित समयभित्र ठेक्का लागिसक्नुपर्नेलगायत विषय समेटेको उनले बताए । उनले भने, ‘यसैका आधारमा हामीले पूँजीगत खर्च बढाउन र साधारण खर्चलाई बढ्न नदिने, करको दायरालाई वैज्ञानिक बनाउने भनेका छौं ।’

गगन थापाले भने - काँग्रेस बदल्नका लागि महामन्त्री पद त्याग गर्न पनि तयार छु

इकागज | असार १६, २०८०

काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका...

कांग्रेसलाई भ्रष्टाचारको संरक्षकका रूपमा जनताले चिनेका छन् : नेता केसी

इकागज | असार १५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली कांग्रेस पार्टीलाई जनताले भ्रष्टाचारको संरक्...

सुगौली सन्धीअघिको भू–भाग समेटेर विवेकशील साझाले सार्वजनिक गर्‍यो ‘साँस्कृतिक मानचित्र’

इकागज | असार १५, २०८०

काठमाडौँ– विवेकशील साझा पार्टीले सुगौल सन्धीअघिको भू–भाग समेटेर साँस्कृतिक मानचित्र ...

इलाममा योगेश भट्टराईलाई कालो झन्डा देखाइएको प्रति एमालेको आपत्ति

इकागज | असार १४, २०८०

विराटनगर- नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादीले कालो झन्डा देखाएको घटनाप्रति एमाले...

विचारबिनाको विचार बोकेर आयौँ भन्ने पार्टीहरूको लहर चलेको छ : ओली

इकागज | असार १४, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचारबिनाका पार्टीहरूको लहर चलेको...

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी, कुन जिल्लामा को ? (सूचीसहित)

इकागज | असार १४, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ७७ वटै जिल्लामा आफ्ना सांसदको जिम्मेवारी तोकेको छ...