बजेट धेरै लैजान मन्त्री नै हुनुपर्ने अवस्था सरकारले देखायो : सांसद पाण्डे

इकागज | असार १०, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री र सांसदहरूको निर्वाचन क्षेत्र बराबर भए पनि सो अनुसारको बजेट विनियोजन हुन नसकेको बताएका छन् । आइतबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै पाण्डेले यस्तो बताएका हुन् ।

उनले सरकारले बजेट बनाउँदा १६५ निर्वाचन क्षेत्रका सांसदहरूलाई समानुपातिक रूपमा बजेट विनियोजन गर्नुपर्ने बताए । उनले आफूहरु सत्तापक्षको भए पनि सरकारले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीहरूको निर्वाचन क्षेत्र केन्द्रित बजेट ल्याएकाले बजेट कुनै पनि हालतमा पास गर्न नसकिने जिकिर गरे । उनले संसदबाट बजेट पास हुन १३८ सांसद आवश्यक रहेको भन्दै यथास्थितिमा बजेट पास गरे १३८ सांसद नपुग्ने बताए ।

मन्त्रीले सांसदहरूलाई आफ्नो क्षेत्रका समस्या नसोधी बजेट विनियोजन गरेको भन्दै बजेट निर्माणमा सरकारले सांसदहरूको भूमिका हुनुपर्ने बताए । उनले बजेट आफ्नो क्षेत्रमा लैजानका लागि मन्त्री नै हुनुपर्ने अवस्था वर्तमान सरकारले देखाएको आरोप लगाए ।

उनले प्रधानमन्त्रीको क्षेत्रमा ५५ करोड, पूर्वप्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा १ सय १० करोड जाने तर अन्य सांसदहरूको क्षेत्रमा बजेट कम जाने प्रवृत्तिको अन्त्य गर्न पनि बजेट पास गर्न दिन नहुने बताए । उनले १६५ निर्वाचन क्षेत्रका सांसदहरूको संयोजकत्वमा सम्बन्धित मन्त्रालयले बजेट बनाउनुपर्ने बताए ।

हामीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्दैनौँः सन्तोष परियार

इकागज | असार १०, २०८०

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संसदमा आफ्नो पार्टीले उठाएका मुद्दाको सम्बोधन ...

भविष्यमा नयाँ संविधान बनाउनुपर्ने अवस्था आउन सक्छ : उपेन्द्र यादव

इकागज | असार १०, २०८०

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान शासकीय स्वरूप, निर्वाचन प्रणालीमा सु...