पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएः महेश बर्तौला

इकागज | असार २०, २०८०

काठमाडौँ - नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार गुमाएको बताएको छ । 

बुधबार बसेको नेकपा एमालेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको पदमा बस्ने हैसियत गुमाएको बताएका हुन् । उनले प्रधामन्त्रीले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह भारत गएको भन्ने अभिव्यक्ति दिनुले राजनीतिक र नैतिक हिसावले सो पदमा बस्ने आधार गुमाएको उल्लेख गरे । 

उनले भने, – ‘प्रधानमन्त्रीले संसदमाथि गरेको अपमान, जनादेशमाथि गरेको अपमान देशको सार्वभौमसत्ता, स्वाभिमान माथि गरेको आक्रमणको बारेमा हामीले धैर्यताका साथ संसदमा भुमिका निर्वाह गर्नेछौँ । संसदमा जोडदार साथ
राख्ने । प्रधानमन्त्रीको निजि विषय होइन । देशको स्वाभिमान, जनादेशसँगको विषय हो । यो सामान्य विषय नभएकोले बैठक अवरुद्ध हुनसक्छ । उहाँले राजनीतिक हिसाबले, नैतिक हिसावले, सबै हिसाबले उहाँले प्रधानमन्त्रीको हैसियतमा बसिरहने आधार सबै हिसावले गुमाएको परिस्थिति देख्छौँ ।’

उनले प्रधानमन्त्रीको अभिव्यक्तिको बिरोधमा एमाले संसदमा कडा ढंगले प्रस्तुत हुनेपनि स्पष्ट पारे । 

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमाले संसदीय दलको बैठक बस्दै

इकागज | असार २०, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको...

प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य : शंकर पोखरेल

इकागज | असार २०, २०८०

काठमाडौँ- नेकपा एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले जननिर्वाचि...

बाढी पहिरो पीडितलाई उद्धार र सहयोग गर्न तयारी अवस्थामा रहनू : ओली

इकागज | असार २०, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धार गर्न निर्देशन दिएका ...

सरदार प्रीतम सिंहको नाम जोडेर प्रधानमन्त्रीले दिएको अभिव्यक्ति लज्जास्पद : कमल थापा

इकागज | असार १९, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल' प्रचण्ड'ले सरदार प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउ...