जनताका मुद्दालाई केन्द्रमा राखेर काम गछौं : सभापति लामिछाने

इकागज | असार २३, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने बताएका छन् । सो पार्टीको आज आयोजित तारकेश्वर नगरपालिका भेलामा उनले जनताले सोधेका सबै प्रश्नको जवाफ दिन आफूहरू सधैं तयार रहेको बताए ।

उनले भने, 'नेपाली जनताको मुद्दामा हामी स्पष्ट छौँ, जनताको आदेशअनुसार काम गर्छौँ ।' विसं २०८४ मा हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै सभापति लामिछानेले निर्वाचनमा जित हासिल गर्न अहिलेदेखि नै लागिएको बताए । 'आगामी निर्वाचन हाम्रो पार्टीको अर्जुनदृष्टिमा रहेको छ,' उनले भने, 'अहिले हामी संसदमा दह्रो र खरो भएर उभिएका छौँ ।'

राष्ट्रिय स्वतन्त्र पार्टी कसैको पछि नलाग्ने उल्लेख गर्दै उहाँले आफ्नो पार्टीले सहीलाई सही र गलतलाई गलत भन्ने दाबी गरे ।

केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले रास्वपालाई जनताले दिएको विश्वासलाई पूरा गर्न लागि रहने प्रतिबद्धता व्यक्त गरे । पूर्वमन्त्री शिशिर खनालले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई जनताले विजयी गराउने विश्वास व्यक्त गरे ।

मुलुकको अहिलेको व्यवस्थाले देश ठीक बाटोमा जाँदैन : लिङ्देन

इकागज | असार २३, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अहिलेको व्यवस्थाले देश ठीक बाटोमा...

सरकार यसरी नै चलिरहे ०८४ मा कांग्रेसले जोसँग मिले पनि जित्दैन : नेता पौडेल

इकागज | असार २३, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनै पनि ...

राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि छिट्टै पुराना पार्टीहरूको जस्तै हुनेछ : घनश्याम भुसाल

इकागज | असार २३, २०८०

काठमाडौँ- सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको हव...

प्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनु भयो : राजेन्द्र लिङ्देन

इकागज | असार २२, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले भार...

नागरिकको अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रित हुनुपर्छ : गगन थापा

इकागज | असार २२, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकको अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रित ...