कांग्रेस चितवनले शनिबारदेखि सदस्यता वितरण गर्ने

इकागज | साउन ५, २०८०

भरतपुर- नेपाली कांग्रेसले चितवनमा शनिबारदेखि संगठन विस्तारको अभियान सुरु गर्दैछ । पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार ४२औं विपी जयन्तीको अवसर पारेर सदस्यता वितरणको अभियान सुरु गर्न लागेको हो ।

शनिबार विहान ११ बजे एकै साथ विपीको फोटोमा माल्यार्पण गरेर सदस्यता वितरण सुरुवात गरिने बताइएको छ । कांग्रेसको क्रियाशील सदस्यता नवीकरण सम्बन्धी ९८ वटै वडा कार्यसमितिलाई गरिएको कांग्रेस चितवनका सचिव धुव्रराज पोखरेलले बताए । सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणलाई प्रभावकारी र व्यवस्थित गर्न निर्देशन गरिएको पोखरेलले बताए ।

सदस्यताको फारम वडा तहमा पुगिसकेको छ । यसपटक जिल्ला प्रतिनिधिको रोहवरमा मात्रै नवीकरण गर्ने नियम राखिएको छ । नवीकरण सकेपछि साउन २० गते सबै वडाले वडा सम्मेलन गर्नेछन् ।

योग्यता पुगेका नेपाली नागरिकले अनलाइनबाटै सदस्यता लिन सक्नेछन् । सदस्यता लिएको एक वर्षपछि मात्रै क्रियाशील सदस्यता पाउने प्रावधान गरिएको छ । क्रियाशील सदस्यता नवीकरण भने दुई वर्षको एकैपटक गर्नुपर्ने नियम राखिएको छ ।

सरकारको राजदूत नियुक्ति प्रक्रियाप्रति उपेन्द्र यादवको असन्तुष्टि, समावेशी नभएको गुनासो

इकागज | साउन ५, २०८०

काठमाडौँ- सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित राजदूत समावेशी नभ...

पदाधिकारी र केन्द्रीय सदस्यलाई आरजु राणाकाे सुझाव : पार्टी र नेतृत्वको आलोचना नगर्नु

इकागज | साउन ५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टी र पार्टीका नेतृत्वको संरक्षण गर्नु...

पार्टीले निर्णय गर्दा प्रक्रिया पूरा गरियोस्, नत्र गुनासोबाहेक केही हुन्न : नेता सिंह

इकागज | साउन ५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई विधानअनुसार अगाडि बढाए कांग्रेसले आगामी द...

राजनीतिक आन्दोलनमा कानुन व्यवसायीको भूमिका महत्वपूर्ण : अध्यक्ष यादव

इकागज | साउन ५, २०८०

काठमाडौँ-  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको राजनीतिक आन्दोलनमा ...

कांग्रेस बैठकमा उठ्यो धर्म निरपेक्षता र संघीयताको विकल्प खोज्नुपर्ने माग

इकागज | साउन ५, २०८०

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संघीयता र धर्म निरपेक्षताको विकल्प खोज्नुपर्...

गृहमन्त्रीको राजीनामा माग्न आफ्ना नेतालाई कांग्रेसका जीतजंग बस्नेतको चुनौती

इकागज | साउन ५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले सुन तस्करीमा नाम जोडिएकाले गृहमन्त्री ना...

विश्वविद्यालयका पदाधिकारी र राजदूत नियुक्तिमा राजनीति नगरौँ : प्रसाई

इकागज | साउन ५, २०८०

काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईले विश्वविद्यालयका पदाधिकारी र राजदूत नियु...

खाणलाई लक्षित गर्दै पौडेलले भने– यो भावनाको होइन, कानुनकाे विषय हो

इकागज | साउन ५, २०८०

काठमाडौँ–कांग्रेस नेता प्रदीप पौडेलले नेता बालकृष्ण खाणको विषयलाई लक्षित गर्दै भ्रष्टचारको विषय भा...