पार्टीको समस्या सिटामोलबाट हल हुने अवस्था छैन, सर्जरीकै आवश्कता छ : प्रदीप पौडेल

इकागज | साउन ५, २०८०

काठमाडौँ–नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसमा स्वास्थ्यमा समस्या भएकाले यसको सर्जरीकै आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘पार्टीलाई सुधार गर्न जरुरी छ,’ उनले भने, ‘पार्टीको स्वास्थ्यमा समस्या छ । सिटामोलबाट यो समस्या हल हुने स्थिति छैन । कतिपय अवास्थामा सर्जरीकै आवश्यकता छ । लामो समयदेखि भएका विभिन्न घटनाहरूका कारणले पार्टीमा पलायन, निक्रियता र विद्रोहको मानसिकता देखिन थालेको छ । हामीले यो स्थितिलाई अन्त्य गर्न सक्नुपर्छ ।’

उनले अगाडि भने, ‘मेरो विचारमा पदाधिकारी ज्यूहरूबाटै अनुमोदन भएर महामन्त्री ज्यूहरुले यहा प्रस्ताव पेश गर्नुभएको छ । विद्यमान विधानमा रहेर यो भन्दा फराकिला कुरा गर्ने स्थिति छैन । यति मात्रै कुराले कांग्रेस रूपान्तरित भएर आएको भन्ने प्रमाणित गर्न सक्दैनौँ ।'

नेपाली कांग्रेस ‘मास बेस’ पार्टी भएकाले यसमा सदस्यताको वर्गीकरण नहुनेसमेत  पौडेलले बताए । ‘सदस्यता दिने र लिने हुँदैन, मेरो विचारमा सदस्यता जसले खोजेको हुन्छ,’ उनले भने, ‘त्यसले पाउने व्यवस्था हुनुपर्छ । एक प्रकारको मात्रै सदस्यता हुनुपर्छ । त्यो सदस्यता लिन चाहनेलाई दिनुपर्छ ।’

सदस्यता दिने प्रावधान पनि सहज हुनुपर्नेमा उनले जोड दिए । 

कांग्रेस बैठकमा गृहमन्त्री श्रेष्ठको आलोचना, जितजंग भन्‍छन्- सुनमा नाम आएको छ राजीनामा माग्न जाऔँ

इकागज | साउन ५, २०८०

काठमाडौँ–नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले आफ्नो साथीको नाम आउँदा चर्को कुरा ...

महामन्त्रीको प्रतिवेदन एनजीओको 'विस लिस्ट' जस्तो लाग्यो : आरजु देउवा

इकागज | साउन ५, २०८०

काठमाडौँ–नेपाली कांग्रेसकी केन्द्रीय सदस्या आरजु देउवा राणाले पार्टी महामन्त्रीले ल्याएको प्रस्ताव एन...

कांग्रेस केन्द्रीय समिति बैठक जारी, आज बाँकी केन्द्रीय सदस्यले धारणा राख्‍ने

इकागज | साउन ५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ ।  गत मंगलबारदेखि सुरु भएको के...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : तेस्रो दिन ३५ जना सदस्यहरूले धारणा राखे

इकागज | साउन ४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको तेस्रो दिन ३५ जना सदस्यहरूले धारणा राखेका छन् । बि...