कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने

इकागज | साउन ४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । 

सानेपा ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ । 

गत मंगलबार देखी सुरु भएको केन्द्रीय समिति बैठकमा हिजोबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको छ । हिजाको केन्द्रीय कार्यसमिति बैठकमा आमान्त्रित जिल्ला सभापतिहरूसहित झन्डै चार दर्जन केन्द्रीय नेताहरूले धारणा राखिसकेका थिए । जसअनुसार नैनसिंह महर, जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपालीलगायतले आफ्नो धारणा राखिसकेका छन् ।

यस्तै, हिजोको बैठकमा गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, रामहरि खतिवडा, सरस्वती अर्याल तिवारी, गुरु बराल, कुन्दनराज काफ्ले, जावेदा खातुन जागा, हरिशरण नेपाली, जानकी सिंह, सुशिला भट्ट मिश्र, नागिना यादव, नानु वास्तोला, मदनकृष्ण श्रेष्ठ, नृपबहादुर बड, कान्तिका सैजुवाल, सुशीला थिङ्ग, सीताकुमारी राना, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सीना, शान्ति परियार विक, जीवन राना, राधा घले, रुक्मिणी कोइराला, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, गंगा शाही र सीतादेवी देवकोटाले पनि आफ्नो धारणा राखिसकेका हुन्।

यस्तै आमन्त्रित प्रदेश सभापतिहरू कृष्णप्रसाद यादव (मधेश प्रदेश), इन्द्रबहादुर वानिया (वागमती प्रदेश), शुक्रराज शर्मा (गण्डकी प्रदेश), अमरसिंह पुन (लुम्बिनी प्रदेश), ललितजंग शाही (कर्णाली प्रदेश) र बीरबहादुर बलायर (सुदुरपश्चिम प्रदेश) लेसमेत आ–आफ्ना धारणा राखेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

हिजोको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ । आज पनि केन्द्रीय सदस्यहरूले आ आफनो धारणा राख्ने छन् । 

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई, उपनेताको जिम्मेवारी नेम्वाङलाई

इकागज | साउन ३, २०८०

काठमाडौँ - नेकपा (एमाले) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाएका छन् । एमा...

तरुण दलमा सबैले आफ्ना छोराछोरी हालेका रहेछन्, मेरो छोरा पनि हाल्दिनू : बुढाथोकी

इकागज | साउन ३, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले कांग्रेसको भातृ संगठन तरुण दलमा...

खाण पक्राउ पर्दा गृहमन्त्रीलाई धन्यवाद दिने कांग्रेस नेताप्रति खतिवडाले जनाइन् आपत्ति

इकागज | साउन ३, २०८०

काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्...

कांग्रेस महामन्त्रीहरूलाई खतिवडाको चेतावनी– विकल्प खोज्नुपर्ने अवस्था नआओस्

इकागज | साउन ३, २०८०

काठमाडौँ– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्म...

कांग्रेस प्रदेश सभापतिहरूले भने- क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट दिनु हुँदैन, पुर्नविचार गरियोस्

इकागज | साउन ३, २०८०

काठमाडौँ - नेपाली काँग्रेस मधेश प्रदेश सभापति कृष्ण यादवले पार्टीको क्रियाशील सदस्यता अनलाइन प्रणालीबाट ...

कांग्रेस केन्द्रीय समिति बैठक : केन्द्रीय सदस्यले ७ मिनेट बोल्न पाउने

इकागज | साउन ३, २०८०

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । हिजोदेखि सुरु भएको केन्द्रीय समितिको ब...

कांग्रेसले राष्ट्रपति पाउने सहमतिमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थियौँ : उपप्रधानमन्त्री खड्का

इकागज | साउन २, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति तथ उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले...

भ्रातृ संघको तदर्थ समिति भदौ १५ भित्र र अधिवेशन ६ महिनाभित्र गर्न महामन्त्री थापाको प्रस्ताव

इकागज | साउन २, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रातृ संघको तदर्थ समिति भदौ १५ गतेभित्र र अधिव...