पूर्णपाठसहित

भ्रातृ संघको तदर्थ समिति भदौ १५ भित्र र अधिवेशन ६ महिनाभित्र गर्न महामन्त्री थापाको प्रस्ताव

इकागज | साउन २, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रातृ संघको तदर्थ समिति भदौ १५ गतेभित्र र अधिवेशन ६ महिनाभित्र गर्न प्रस्ताव गरेका छन् । मंगलबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकमा महामन्त्री थापाले यस्तो प्रस्ताव गरेका हुन् । 

महामन्त्री थापाले नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति भदौ १५ गतेभित्र बनाउने प्रस्ताव राखेका हुन् ।

म्याद सकिएर तदर्थ समिति बने पनि समितिले पूर्णता नपाएका नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनलाई भने ६ महिनाभित्र अधिवेशन गरिसक्ने प्रस्ताव पेस गरेका छन् । यी संस्थालाई पनि भदौ १५ गतेसम्ममा पूर्णता दिने थापाको प्रस्ताव छ । 

यस्तै कांग्रेसका विभागहरूलाई भदौ १५ सम्ममा पूर्णता दिइसक्न पनि महामन्त्री थापाले प्रस्ताव गरेका छन् । महामन्त्री थापाले आगामी एक वर्षमा ५ देखि ७ लाख नयाँ सदस्य थप्ने प्रस्ताव पनि पेस गरेका छन् । 

यस्तो छ, महामन्त्री थापाले केन्द्रीय कार्यसमितिको समितिको बैठकमा पेस गरेको प्रस्तावको पूर्णपाठ:

 

कांग्रेस केन्द्रीय सदस्यहरूलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी

इकागज | साउन २, २०८०

काठमाडौँ- नेपाली कांग्रेस पार्टीले केन्द्रीय सदस्यहरूलाई एक महिनामात्रै पार्टी कामबाट छुट्टी दिने प्रस्ताव ...

कांग्रेसका विभागहरूलाई भदौ १५ सम्ममा पूर्णता दिइसक्न महामन्त्री थापाको प्रस्ताव

इकागज | साउन २, २०८०

काठमाडौँ– नेपाली कांग्रेस महामन्त्री गगन थापाले कांग्रेसका विभिन्न विभागहरूलाई आगामी भ...

नेपाली कांग्रेस रूपान्तरण अभियानले पार्टी कार्यालयमा बुझायो आफ्ना सुझाव

इकागज | साउन २, २०८०

काठमाडौँ- नेपाली कांग्रेस रूपान्तरण अभियानले मंगलबार पार्टी कार्यालयमा आफ्नो सुझावसहितको ज्ञापनपत्र बुझा...

विदेशमा रहेकालाई फर्काउँछु भन्नेहरू राजनीतिमा आएपछि विदेशिनेको संख्या झन्‌ बढ्‌यो : एमाले महासचिव

इकागज | साउन २, २०८०

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश फर्काउने अभियान चलाउँछु भन्नेहरू राष्ट्रिय पार्टीको ...