भ्रष्टाचार विरोधी फाइल खोल्ने कामलाई सरकार र सत्ता टिकाउने खेलमात्र बनाउन हुँदैन : रवि लामिछाने

इकागज | असार ३०, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रष्टाचार विरोधी फाइल खोल्ने कामलाई सरकार र सत्ता टिकाउने खेल मात्र बनाउन नहुने बताएका छन् ।

शनिबार काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले सरकारले भ्रष्टाचार विरोधी फाइल खोल्ने काम सुरु गरेको भन्दै फाइल खोल्ने काम सरकार र सत्ता टिकाउने खेल मात्र बन्न नहुने बताएका हुन् । उनले हरेक कालखण्डमा भएका भ्रष्टाचारका मुद्दा सक्न सरकार तयार भए रास्वपाले साथ दिने स्पष्ट पारे ।

रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै उहाँले जनताको मुद्दामा निःस्वार्थ र निःशर्त रूपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न आग्रह पनि गरे ।

त्यस्तै उनले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरे । उनले रास्वपाले निर्वाचनका बेला जनतासँग गरेको बाचा नभुलेको पनि धारणा राखे ।

संयमित र मर्यादित भएर आचोलना गर्दिनुहोस्, सच्चिन तयार छौं : सभापति लामिछाने

इकागज | असार ३०, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा स...

लोकतन्त्रको साइन बोर्ड भएर हुँदैन, व्यवहार आचरण लोकतान्त्रिक हुनुपर्छ : ओली

इकागज | असार २९, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा अझै पनि भोकमरीको अवस्था रहेको बताएका छन् । शु...

प्रधानमन्त्री प्रचण्ड पत्नी सीताको निधनपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

इकागज | असार २७, २०८०

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। आज बुधबार दिउँसो १ बजेका लागि बैठक...