देउवा निवासमा सोमबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्ने

इकागज | असार ३१, २०८०

काठमाडौँ- केन्द्रीय समितिको बैठकमा पेस गर्ने एजेन्डाबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीलाई बोलाएका छन् ।

भोलि सोमबार दिउँसो २ बजे आफ्नो निवासमा देउवाले छलफलका लागि बैठक बोलाएका हुन् ।

देउवाले भोलि पदाधिकारीसँग छलफल गरेपछि पर्सी बिहान दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पुन: छलफल गर्ने छन् ।

गत २७ असारमा बस्ने भनिएको कांग्रेस केन्द्रीय समितिको बैठक साउन २ सम्मका लागि स्थगित भएको छ । भोलिको बैठकले केन्द्रीय समितिको बैठकका एजेन्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने तयारी छ ।

कमल थापाको उद्घोष : अबको गन्तव्य संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्थाको अन्त्य

इकागज | असार ३१, २०८०

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालको अबको गन्तव्य 'संघीय गणतन्त्रको नाममा काय...

संसदीय दलको नेता बदल्ने कुरा पार्टी सभापतिबाटै सिकेको हुँः महामन्त्री थापा

इकागज | असार ३१, २०८०

काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्ने ...

कोशी सरकार भङ्ग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग

इकागज | असार ३०, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेश सरकार असंवैधानिक ढंगले गठन गरेको भन्दै तत्का...

नयाँ पार्टीप्रति अर्थमन्त्रीको टिप्पणी : नयाँ प्रवृत्तिहरू धेरै टिक्दैनन्

इकागज | असार ३०, २०८०

काठमाडौँ- अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुराना पार्टीहरूले केही गरे...

नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्ष : खहरेबाट बिजुली निकाल्न सकिँदैन

इकागज | असार ३०, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टी...