प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडानमा एमाले कायमै छ : पदम गिरी

इकागज | असार २४, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रमुख तीन दलको बैठकले पनि निकास नदिएकाले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत् रहेको प्रस्ट्याएका हुन् । आइतबार अपराह्न संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले प्रधानमन्त्री दाहालले मुलुकको स्वाभिमान, स्वाधीनता र सार्वभौमिकतालाई माटोमा मिलाउने गरी दिएको अभिव्यक्ति कुनै पनि हालत क्षम्य हुने पटक-पटक दोहोर्याए ।

प्रमुख सचेतक गिरीले प्रधानमन्त्री दाहालले आफूले दिएको अभिव्यक्तिप्रति संसदमा उभिएर माफी मागे संसद् सुचारु गराउन भने सकिने धारणा राखे । नेपाल राष्ट्र र नेपाली जनताको शिर निहुरिने गरी गम्भीर प्रकृतिको गल्ती भएकाले प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने पार्टीको अडान रहेको उनको भनाइ थियो ।

प्रमुख सचेतक गिरीले विकसित देशहरूमा त्यहाँका कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपतिले त्यस्तो अभिव्यक्ति दिएको भए तत्क्षण नै राजीनामा दिई सकेको हुने जिकिर समेत गरे ।

प्रमुख सचेतक गिरीले सरकारले मिटरब्याज पीडितहरूको समस्या सम्बोधन गराउनका लागि संसदमा मिटरब्याज सम्बन्धी विधेयक संसदमा नल्याएको दाबी समेत गरे ।

चर्चित भ्रष्टाचार काण्डका फाइलको विवरण लेखा समितिमा चाहिन्छ : सांसद केसी

इकागज | असार २४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका ...

सरकार संसदीय समिति र संसद् चलाउन जिम्मेवार देखिएन : योगेश भट्टराई

इकागज | असार २४, २०८०

काठमाडौँ- नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद् चलाउन गम्भीर नभएको आरो...

समाजवादी मोर्चामा बाबुराम किन अटाएनन् ? भन्छन्- हामीसँग छलफल नगरी घोषणा गरियो

इकागज | असार २४, २०८०

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले समाजवादी मोर्चामा न...

एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेर गल्ती गर्‍यो : राजेन्द्र पाण्डे

इकागज | असार २३, २०८०

काठमाडौँ- सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टीकरणको म...

जनताका मुद्दालाई केन्द्रमा राखेर काम गछौं : सभापति लामिछाने

इकागज | असार २३, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखे...