लोकतन्त्रलाई सुदृढीकरण गर्न पुष्पलालले देखाएको बाटोमा हिँडौँ : कार्यवाहक अध्यक्ष पोखरेल

इकागज | साउन ७, २०८०

काठमाडौँ- नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले नेपालको लोकतन्त्रलाई सुदृढीकरण गर्न नेकपाका संस्थापक महासचिव पुष्पलालले देखाएको बाटोमा हिँड्नु पर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसका अवसरमा पोखरेलले श्रद्धाञ्जली सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

उनले देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन पुष्पलालले मार्गनिर्देश गरेको बाटोमा अघि बढ्नु आवश्यक रहेको जिकिर गरे ।

पोखरेलले श्रद्धाञ्जली सन्देशमार्फत् विश्व प्रसिद्ध ‘कम्युनिष्ट घोषणापत्र’का प्रथम नेपाली अनुवादक, नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता, वाम–लोकतान्त्रिक संयुक्त आन्दोलनका वैचारिक प्रणेता पुष्पलालप्रति हार्दिक श्रद्धासुमन अर्पण गरेका छन् ।

‘संस्थापक महासचिव पुष्पलालले विचार, दर्शन र सामाजिक मूल्य मान्यताको तहबाट एउटा नयाँ वास्तविक र सम्पूर्ण रूपमा परिवर्तनकारी र वैज्ञानिक विचार प्रारम्भ गरी त्यस विचारलाई व्यवहारमा प्रयोग गर्न संगठन चाहिन्छ भन्ने सैद्धान्तिक आधारमा संगठन निर्माण गर्नुभएको छ,’ पोखरेलले सन्देशमा भनेका छन्, ‘यो नेपालको वाम–लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको साँच्चिकै श्रेष्ठ योगदान हो । सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाई स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टीले क. पुष्पलालकै अगुवाइमा पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रूपमा अघि बढाउने काम भयो ।’

कार्यवाहक अध्यक्ष पोखरेलले भने, ‘क.पुष्पलालको सपना साकार पार्न लोकतन्त्रको यही परिभाषालाई व्यवहारमा अनुवाद गर्दै आमजनताको जीवनस्तर माथि उठाउने कार्यक्रमहरू अगाडि बढाउनु हाम्रो कर्तव्य हो । र, पुष्पलालका नीतिहरूको सान्दर्भिकता पनि यिनै कुरामा छ ।’ 

 

खाणको बचाउ गर्दै उपाध्यायले भनिन् : आफ्नै साथीमाथि आरोप लाग्दा पक्षमा उभिने कि नउभिने ?

इकागज | साउन ७, २०८०

काठमाडौँ– नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्यायले पार्टीको कुनै नेतामाथि आरोप लाग्दा त्यसको...

भ्रातृ संस्था गठन गर्दा राजनीतिक सन्तुलन कायम गरियोस्ः जीवन परियार

इकागज | साउन ७, २०८०

काठमाडौँ - नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले भ्रातृ संस्थाहरुको गठन गर्दा राजनीतिक सन्तु...

'हर्क साम्पाङले सामाजिक सद्भाव खल्बल्याउने र जातीय विद्वेष पैदा गर्ने काम अविलम्ब बन्द गरून् '

इकागज | साउन ७, २०८०

काठमाडौं - राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले धरान उपमहानगरपालिकाका प्रमुख हर्कर...

राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्छ : शशांक कोइराला

इकागज | साउन ७, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्...

चुनावमा मलाई कसरी सिध्याउने भनेर पार्टीभित्रकै मान्छे लागे : विनोद चौधरी

इकागज | साउन ७, २०८०

काठमाडौँ- नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनोदकुमार चौधरीले गत प्रतिनिधि सभा निर्वाचनमा आफुलाई हराउन...