धर्मको विवाद भइरहेको धरानमा राप्रपाको धार्मिक पदयात्रा, हिन्दुराष्ट्र अपरिहार्य रहेको दाबी

इकागज | साउन ८, २०८०

सुनसरी - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सोमबार धरानस्थित पिण्डेश्वर मन्दिरमा आयोजित धार्मिक पदयात्रामा सहभागी भएका छन् ।​

हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भन्दै साउनको दोस्रो सोमबार धरानमा आयोजित पदयात्रापछि बोल्दै अध्यक्ष लिङ्देनले साउन महिनादेखि सुरु हुने गरी पार्टीले नवीन राप्रपा कार्ययोजना लागू गरेको बताउँदै यस योजना कार्यान्वयनका लागि देशका सबै स्थानीय तहमा ९०० जना नेताहरू परिचालित भएको बताए । 

मेरो कार्यक्षेत्र धरान उपमहानगरपालिका परेको छ', आजैबाट कार्य प्रारम्भ गरेको छु,' उनले भने। उनले संगठनात्मक कार्ययोजना सुरु गर्ने क्रममा धरान उपमहानगरपालिका वडा नं १४को विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा धार्मिक गतिविधिमा सहभागी भएको समेत बताए। 

लिङ्देनले ०६२/०६३ को राजनीतिक परिवर्तनपछि जनचाहनाविपरीत, बहुसंख्यक जनताको भावनाविपरीत जबर्जस्ती धर्मनिरपेक्षता कायम गर्दाको दुष्परिणाम देशमा यतिबेला देखिन थालेको बताए ।

 धर्म निरपेक्षताले देशको दीर्घकालीन हित असम्भव छ, नेपालको स्वतन्त्रता, पहिचान, एकता, सामाजिक सदभावका लागि हिन्दुराष्ट्र अपरिहार्य छ, धर्म निरपेक्षले देश बर्बाद पार्ने देखेर नै आफू किराँत धर्मावलम्बी भएर पनि हिन्दुराष्ट्रको वकालत गरिरहेको लिङ्देनले बताए। उनले धर्म निरपेक्षताको आडमा भइरहेको अवाञ्छित गतिविधि नियन्त्रण गरिनुपर्ने बताएका छन् ।

लिङ्देन नेतृत्वको पदयात्रा पिण्डेश्वर मन्दिर, विजयपुरमा रहेका दन्तकाली, बूढासुब्बा मन्दिरमा समेत पुगेको थियो । सो अवसरमा राप्रपाका कार्यकर्ता, विभिन्न धार्मिक संघसंस्था र धर्मप्रति आस्था राख्नेहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

फौजदारी अभियोग लागेको व्यक्ति पार्टीबाट अलग रहनुपर्छ : महामन्त्री थापा

इकागज | साउन ८, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फौजदारी लागेको व्यक्ति पार्टीबाट हुनुपर्ने बताएक...

राजनीतिक रूपान्तरणका लागि 'एग्जिट पोलिसी' अनिवार्य : महामन्त्री शर्मा

इकागज | साउन ८, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिको रुपान्तरणका लागि 'एग्जिट पोलिसी&...

सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : घनश्याम भुसाल

इकागज | साउन ८, २०८०

काठमाडाैँ– सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाच...

आलोचना गर्दा सभापति रिसाउनुहुन्न, तर साथीहरू गाली गर्यो भन्नुहुन्छ : महामन्त्री शर्मा

इकागज | साउन ८, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूले सभापतिको आलोचना गर्दा शेरबहादुर द...

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा जरैसम्म अनुसन्धान गर्न सकेन : राजेन्द्र पाण्डे

इकागज | साउन ८, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको अन...