आत्मनिर्भर अर्थतन्त्र विकास गर्नुपर्छ : अध्यक्ष नेपाल

इकागज | असार १७, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्याय, समानतासहितको आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न समाजवादी व्यवस्था महत्त्वपूर्ण हुने बताएका छन् ।

पार्टी निकट स्याङ्जा–काठमाडौँ सम्पर्क मञ्चको १३औँ सम्मेलनमा अध्यक्ष नेपालले जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी देश विकास तथा समृद्धि कायम गर्न सकिने बताए । राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउन समाजवादको विकल्प नरहेको उल्लेख गरे ।

पार्टी पोलिटब्युरो सदस्य दिलु पन्तले सुशासन कायम गर्न संस्थागत बेथिति र भ्रष्टाचारको अन्त्य गर्नुपर्नेमा जोड दिइन् । सम्मेलनले राजेन्द्र क्षेत्रीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षद्वयमा बिनिता ढकाल र सागर पङ्गेनी, सचिवमा कृष्णकुमार विक, सहसचिवमा विवेक भट्टराई र कोषाध्यक्षमा वुद्धिमान श्रेष्ठ छन् ।

राष्ट्रिय स्वाधीनताको मुद्दा उठाउँदा एमालेलाई घेराबन्दी गरियो : ईश्वर पोखरेल

इकागज | असार १७, २०८०

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले एमाले चौतर्फी घेराबन्दीमा रहेको बताए...

बेइमानीहरूका लागि रास्वपाको ढोका खुला छैन : सभापति लामिछाने

इकागज | असार १७, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेइमानीलाई पार्टीमा राख्न नसक्ने बताएका छन् ।&...

एमाले नेतृत्वलाई प्रहार गरेर कोशी प्रदेशको समस्या हल हुँदैन : योगेश भट्टराई

इकागज | असार १७, २०८०

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले नेतृत्वलाई प्रहार गरेर कोशी प्रदेशको समस्या हल...

सत्ता जोगाउन दलहरूले गठबन्धनभित्र गठबन्धन बनाइरहेका छन् : रवि लामिछाने

इकागज | असार १७, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता जोगाउनका लागि दलहरूले गठबन्धनभित्र...

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई समाप्त पार्ने कोसिस गरिरहेको छः प्रदीप ज्ञवाली

इकागज | असार १६, २०८०

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का कार्यबहाक महासचिव प्रदीप ज्ञवालीले सरकारले स्वास्थ्य वीमा ...