उमेर हदले मात्रै नेतृत्वमा बदलाव आउँछ भन्ने कुरा गलत : महासचिव पोखरेल

इकागज | जेठ २९, २०८०

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले ७० वर्षको उमेर हदले मात्रै नेतृत्वमा बदलाव आउने भन्ने कुरा गलत रहेको बताएका छन् ।

सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित 'मुलुकको वर्तमान राष्ट्रिय राजनीतिः अबको बाटो' विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ७० वर्षको उमेर हदले मात्रै नेतृत्वमा बदलाव आउने र लोकतान्त्रिक विधिबाट नेतृत्वमा बदलाव ल्याउन नसकिने भन्ने नहुने बताएका हुन् । उनले नेकपा (एकीकृत समाजवादी) का तेस्रो तहका नेता मुकुन्द न्यौपानेलाई पार्टी एकीकरणको सन्दर्भमा जोड्ने प्रयत्न अन्तर्गत केन्द्रीय कमिटीको सदस्यमा मनोनीत गरिसकेपछि उठ्ने प्रश्नको सम्बोधनका रूपमा ७० वर्षे उमेर हद हटाइएको बताए ।

उनले नेकपा एमाले पुराना पार्टीहरूमध्ये सबैभन्दा धेरै नेतृत्व परिवर्तन गर्ने पार्टी भएको उल्लेख गर्दै नेकपा एमाले लोकतान्त्रिक अभ्यास र नेतृत्वको जीवन्ततामा विश्वास गर्ने पार्टी भएको बताए ।

महासचिव पोखरेलले विकास र समृद्धिका लागि नेकपा एमाले देशका लागि अपरिहार्य हो भन्ने कुरा प्रमाणित भएको बताए । उनले भारतले नयाँ संसद् भवनमा राखेको नेपाली भूमि समेटिएको नक्साबारे स्पष्ट हुनुपर्ने बेलामा नेपालको संसदमा उभिएर भारतीय दृष्टिकोण प्रस्तुत गर्ने विडम्बना देखिएको बताए ।

दाङबाट कांग्रेस रुपान्तरण अभियानको देउवालाई चेतावनी- नेतृत्व नसच्चिए गम्भिर क्षति

इकागज | जेठ २९, २०८०

बुटवल- पार्टी रुपान्तरणको अभियान सञ्‍चालन गरेका नेपाली कांग्रेस नेताहरूले नेतृत्वको चर्को आलोचना गर...

प्रधानमन्त्रीलाई भेटेर सुदूरपश्चिममा दुई मन्त्री र एक राज्यमन्त्री दिन रेशमको माग

इकागज | जेठ २९, २०८०

कैलाली- नागरिक उन्मुक्ति पार्टीले पूर्वसहमति अनुसार सुदूरपश्चिम सरकारमा आफूलाई दुई मन्त्री र एक राज्यमन्त्र...

लोकतन्त्र विरोधी कार्यक्रम समावेश भएकाले बजेटकाे विराेध गरेका हौँ : बर्ताैला

इकागज | जेठ २८, २०८०

मकवानपुर- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्ताैलाले लोकतन्त्र विरोधी कार्यक्रम समावेश भएकाल...

अवकाशप्राप्त एक दर्जन जर्नेलहरु राप्रपाको कार्यक्रममा, लिङ्देन उत्साहित

इकागज | जेठ २८, २०८०

काठमाडौं - राप्रपाको भ्रातृ संगठनको रुपमा रहेको राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनको महाध...