नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया र समय उपयुक्त भएन : प्रदीप पौडेल

इकागज | जेठ २१, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा त्रुटी भएको बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थिति संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्ताे बताएका हुन् ।

पौडेलले नयाँ संसदमा छलफल गरेर त्यसले टुंग्याएको विषयलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने जिकिर गरे । उनले नागरिकता विधेयक प्रमाणीकरणको समय पनि नमिलेको टिप्पणी गरे ।

उनले भने, ‘त्यो विधेयक पछिल्लो चरणमा संसदमा दर्ता गरिनुपथ्र्यो । संसदमा दर्ता गरेर, सांसदका बीचमा छलफल भइसकेपछि सभामुखले त्यसलाई राष्ट्रपतिकहाँ प्रमाणित गर्नका लागि पठाउनुपर्थ्यो । संसदबाट क्याबिनेटमा जाने, क्याबिनेटले राष्ट्रपतिकहाँ लगिसकेपछि बल्ल त्यसलाई प्रमाणीकरण गर्ने अवस्था हुनुपर्थ्यो । त्यसैले कन्टेन्टको बारेमा सहमति, विमति के छ त्यो भन्दा पनि प्रोसेसका बारेमा त्रुटी देखियो । प्रक्रिया र समय उपयुक्त भएन ।’

'प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा देशको सार्वभौमिकता, अखण्डता र जमिनमाथि धावा बोलेर आउनुभयाे'

इकागज | जेठ २१, २०८०

काठमाडौँ- नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा देशको सा...

रास्वपाद्वारा डेंगु रोग नियन्त्रण गर्न माग गर्दै संकल्प प्रस्ताव दर्ता

इकागज | जेठ २१, २०८०

काठमाडौँ- ​डेंगु रोगको प्रभावकारी रोकथाम, प्रतिकार्य र उपचार व्यवस्थाका लागि सदनमा छलफल गरि सरकार...

नेपालको समग्र हितको रक्षापछि संसदको गतिरोध अन्त्य हुन्छ : केपी ओली

इकागज | जेठ २१, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि संसदको गतिरोध अन्त्य हुने ...

कांग्रेसले भन्याे : नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ

इकागज | जेठ २०, २०८०

काठमाडौँ- नेपाली कांग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद् र संविधान...

एमालेले प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्तिप्रति संसदमा जवाफ माग गर्ने

इकागज | जेठ २०, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा गैर जिम्मेव...

नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै युवा संगठनकाे विरोध प्रदर्शन

इकागज | जेठ २०, २०८०

काठमाडौँ- नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौँम...

हामी सरकारबाट हटेपछि 'समृद्ध नेपाल : सुखी नेपाली' भन्ने आँट कसैले गरेनन् : केपी ओली

इकागज | जेठ २०, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारबाट हटेपछि '...