एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन : सभापति देउवा

इकागज | जेठ २०, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने देउवाकाे भनाइ छ । उनले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै अब युवा पुस्ताकै पालो भएको उल्लेख गरे ।

उनले पार्टीका लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे । उनले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्ने बताए । आफूले नेपाली कांग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै आफूले सहयोग गर्ने मात्रै रहेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूलो पार्टी भएको छ । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो । एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’

सभापति देउवाले सबै एकजुट भएर लागेमात्रै पार्टीलाई बलियो बनाउन सकिने बताए ।

नागरिकता विधेयक प्रमाणीकरण गरेर संसदको विशेषाधिकार हनन भएको एमालेकाे निष्कर्ष

इकागज | जेठ १९, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन र संसदको व...

भारतीय दूतावास अगाडि राप्रपा युवा संगठनको विरोध प्रदर्शन

इकागज | जेठ १९, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौँको लैनचौरस्थित भा...

सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता

इकागज | जेठ १८, २०८०

काठाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद विकास कोष खारेजीको माग गर्दै संसदमा संकल्...

राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरीत : झलनाथ खनाल

इकागज | जेठ १८, २०८०

काठमाडौँ- पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान वि...