गाँजाखेतीको प्रस्तावप्रति खुसी हुँदै पूर्वमन्त्री तामाङले भने : सरकार र समर्थनलाई धन्यवाद, हामी सबैलाई बधाई

इकागज | जेठ १५, २०८०

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतबाट सङ्घीय संसद्को संयुक्त बैठकमा साेमबार प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेटमा गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्न गरिएको प्रस्तावप्रति पूर्व जनसङ्ख्या तथा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले खुसी व्यक्त गरेका छन् ।
     
नेपालमा गाँजाको वैधानिक र व्यावसायिक खेतीका लागि वकालत गर्दै आएका नेकपा एमालेका स्थायी कमिटीका सदस्य तामाङले बजेटबारे प्रतिक्रिया दिँदै यसलाई गाँजाखेतीको वैधानिकतामा पहिलो खुट्किलो भएको टिप्पणी गरेका छन् । उनले भने, 'सरकार र समर्थनलाई धन्यवाद । हामी सबैलाई बधाई ।'

सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना छैन : पूर्व अर्थमन्त्री पौडेल

इकागज | जेठ १५, २०८०

काठमाडौँ- पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना नभएको बताएका छ...

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई नराम्रो भन्न मिल्दैन : उदयशमशेर राणा

इकागज | जेठ १५, २०८०

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई...

रास्वपा महामन्त्री ढकालले हाले ढाकाकुमारविरुद्ध मानहानीको मुद्दा

इकागज | जेठ १५, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले ढाकाकुमार श्रेष्ठव...