सरकारले सांसदहरुको मागको सुनुवाइ नगरेको भन्दै दीपक गिरीको आपत्ति

इकागज | जेठ १, २०८०

काठमाडौँ - सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद दीपक गिरीले सरकारले सांसदहरुको मागको सुनुवाइ नगरेको भन्दै आपत्ति जनाएका छन् । 

जब्दी पुल निर्माणका लागि सांसद सञ्जय गौतमले आमरण अनसन सुरु गर्नु परेको उल्लेख गर्दै उनले अरु सांसदहरुले आमरण अनसन बस्नुपर्ने अवस्था आउन नदिन पनि सरकारलाई सचेत गराए । 

सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गिरीले उदयपुरको त्रियुगा पुल, संखुवासभाको अरुण पुललगायतका विकास, निर्माणको काममा सांसदहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले कुनै कदम चाल्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले सरकारले सबै सांसदहरुलाई आ–आफ्नो निर्वाचन क्षेत्रको विकास, निर्माणको काम अघि बढाउनका लागि दवाव दिन आमरण अनसननै बस्न बाध्य नपारोस भनि चेतावनी समेत दिए । 

उनले भने, ‘यो गरिमामय संसदमा एउटा वरिष्ठ सांसद सञ्जय गौतम आमरण अनसनमा बस्नु भएको छ । हामी सुन्ने गथ्र्यो विपी कोइराला राष्ट्रहितका लागि ३० दिन आमरण अनसनमा बस्नु भएको थियो । तमाम अनसन बस्नेहरु राष्ट्रका लागि बस्नुपर्ने थियो । आज आएर यही गरिमामय संसदका सांसद सञ्जय गौतम आफ्नो क्षेत्रको केही चिज पनि सदनमा पटकपटक कुरा राख्दा पनि सरकारले वास्ता नगरेर आज जब्धी पुलमुनि १५ सुत्रीय माग राखेर आमरण अनसन बसेका छन । अव यो क्रमश मैले भनौ अव यो मुलुकका धेरै चिजहरु बन्नुपर्ने नजिककै नगरकोटको बाटो बन्दैन । जब्धी पुल बन्दैन । उदयपुरको त्रियुगा पुल बन्दैन । संखुवासभाको अरुणपुल बन्दैन । चार लेनबाट दाङको बन्दैन । अरु आमरण सुरुवात हुँदा पनि सरकारले आँखा लगाउँदैन । आज ३ दिन भयो । सांसद सञ्जय गौतम अनसन बस्नु भएको । अव भोली नारायण खड्का त्रियुगा पुलमुनि आमरण अनसन बस्नु भएको छ भनेर सुन्न नपरोस । पर्सी दिपक खड्का अरुणको पुलमुनि बस्नु भएको छ भनेर सुन्न नपरोस् । म सम्माननीय सभामुखमार्फत यो नेपाल सरकारको आँखा खुलोस् । ’

सांसद गिरीले संसदमा सांसदहरुले राखेका मागबारे सरकारलाई गम्भिर बन्न पनि पटकपटक आग्रह गरे । 

शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको छ, खुट्टा नकमाई सरकारले कारबाही गरोस् : माधवकुमार नेपाल

इकागज | जेठ १, २०८०

पर्सा- एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा राष्ट्र द्रोह भएको ...

शीर्ष तीन दलको बैठक नक्कली शरणार्थी प्रकरण मिलाउन बस्ने गरेको रास्वपाको आशंका

इकागज | जेठ १, २०८०

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले तीन दलका शीर्ष नेताहरु बसेर नक्कली भूटानी शरणार्थी प्रकरण मिला...

एमालेको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरीसामु पुग्नुभयो : महेश बस्नेत

इकागज | जेठ १, २०८०

काठमाडौँ- पूर्वमन्त्री तथा नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आदेश पालना गर्दै पार्टीका सचिव टोपब...

नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह हाे : स्वर्णीम वाग्ले

इकागज | बैशाख ३१, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरण राजद्रोह नै भ...

राप्रपाले जेठ ४ गते काठमाडौँमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने

इकागज | बैशाख ३१, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी जेठ ४ गते काठमाडौँमा भ्रष्टाचारविरुद्ध आमसभा ...

प्रचण्ड सरकारको तारिफ गरिरहेका रास्वपा र राप्रपा फेरि सरकारमा जालान् ?

कमल विष्ट | बैशाख ३१, २०८०

काठमाडौं– गत आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन एकताको प्रथम महाधिवेशन उद्घाटन गर्न पुगेका...