सत्तारूढ गठबन्धनको बैठक ३ बजे बस्ने

इकागज | जेठ २, २०८०

काठमाडौँ- सत्तारूढ १० दलीय गठबन्धनको बैठक आज बस्दैछ । जेठ ५ गते पेस गर्न खोजिएको नीति तथा कार्यक्रमका बारेमा छलफल गर्नका लागि आज गठबन्धनको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे बस्नेछ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यका अनुसार प्रधानमन्त्रीले सरकारमा रहेका र सरकारलाई समर्थन गरेका १० दलका नेताहरूलाई सो बैठकमा सहभागी हुनका लागि निम्ताे दिएका छन् ।

सरकारले जेठ ५ गते नीति तथा कार्यक्रम र जेठ १५ गते आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउने तयारी गरिरहेको बेला सत्तारूढ गठबन्धनको बैठक आज बस्न लागेको हो ।

नेकपा माओवादी केन्द्र नेतृत्वको सो गठबन्धनमा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत आबद्ध रहेका छन् ।

राप्रपाको केन्द्रीय समिति बैठक सुरु, केन्द्रीय सदस्यहरूले धारणा राख्दै

इकागज | जेठ २, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।​ सोमबारबाट सुर...

रास्वपाले भन्याे : भुटानी शरणार्थी प्रकरणका दोषीलाई छाड्न हुँदैन

इकागज | जेठ २, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हाल...

सभामुख हुँदा मलाई एमालेबाट बारम्बार सांघातिक हमला भयो : उपाध्यक्ष सापकोटा

इकागज | जेठ १, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले आफू सभामुख रहँदा प्रमुख प्रतिपक्षी दल नेकप...

राजेन्द्र लिङ्देनले भने : प्रधानमन्त्री विदेशीको इसारामा चल्दा सरकार छोड्यौँ

इकागज | जेठ १, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रमुख राजनीतिक दलहरूका सत्ता केन्द्रित क्रियाकलापका कारण...

नक्कली शरणार्थी प्रकरण अपराध मात्रै होइन, राष्ट्रद्रोह होः राजकिशोर यादव

इकागज | जेठ १, २०८०

काठमाडौं - जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामान्य...