एकीकृत समाजवादी भक्तपुरको अध्यक्षमा डा. कोजू

इकागज | जेठ ६, २०८०

भक्तपुर- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको भक्तपुर नगरको अध्यक्षमा डा. राजेन्द्र कोजू निर्वाचित भएका छन् । पार्टीको शनिबार भक्तपुरमा भएकाे पहिलो नगर अधिवेशनले डा. कोजूको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । 

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा जनु न्हेमाफुकी, सचिवमा रामकृष्ण छुस्याबाग निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा अनिता जति, रश्मी श्रेष्ठ, सुनिता महर्जन चगुठी, श्यामा नायभालगायतका छन् । 

अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय उपमहासचिव गंगाराम तुलाधरले गरेका थिए । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं जिल्ला संयोजक ध्रुबराम विष्ट, पुराना कम्युनिष्ट नेता न्हुछेबहादुर ढुकुछू, पार्टी जिल्ला अध्यक्ष श्याम बस्नेतलगायले पार्टीलाई भक्तपुरको पहिलो पार्टी बनाउने योजनाका साथ अघि बढ्नुपर्ने बताए । 
 

बाबुराम भट्टराईकाे आराेप : कम्युनिष्ट दलहरू भ्रष्टीकरणमा फसिसके

इकागज | जेठ ६, २०८०

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कम्युनिष्ट दलहरू...

सरकारको कार्यक्रम गन्तव्यहीन छ, यसलाई समर्थन गर्न सकिँदैन : एमाले अध्यक्ष ओली

इकागज | जेठ ६, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम गन्तव्यहीन भएको भन्दै ...

नीति तथा कार्यक्रममा समस्या समाधानको ठोस प्रस्ताव छैन : योगेश भट्टराई

इकागज | जेठ ५, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सांसद योगेश भट्टराईले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ...

सुदूरपश्चिममा सरकार विस्तार स्थगित, चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि जुटेन सहमति

इकागज | जेठ ५, २०८०

कैलाली- आज (शुक्रबार) हुने भनिएको सुदूरपश्चिम प्रदेशको सरकार विस्तार स्थगित भएको छ । भोलि (शनिबार...