जनमत पार्टीले आफ्ना जनप्रतिनिधिबारे जनमत संकलन गर्ने

इकागज | जेठ ७, २०८०

काठमाडौँ- जनमत पार्टीले आफ्ना पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको काम सन्तोषजनक रहे/नरहेको बारे जनमत संकलन गर्ने भएको छ ।

सो पार्टीले आज एक सूचना प्रकाशित गरी आगामी साउन ६ गते जनमत संकलन गर्न लागिएको जनाएको छ । जनप्रतिनिधिको काम सन्तोजनक नरहे वा जनताको अपेक्षा प्रतिकूल भई नियन्त्रण बाहिर गएमा आवश्यक कारबाही गर्ने वा फिर्ता बोलाउने, जनताको पक्षमा काम गर्न अभिप्रेत गर्ने पार्टीको नीति रहेको सो सूचनामा जानकारी दिइएको छ ।

सो पार्टीद्वारा प्रकाशित सूचनामा, 'तपाईंको जनप्रतिनिधिले जनमत पार्टीको अवधारणाअन्तर्गत जनताका लागि काम गरेको छ, कि छैन ?' भन्ने प्रश्नमा मतदान हुने भनिएको छ । भोटिङमा २०८० वैशाख ३० गतेसम्म सदस्यता लिएका सम्बन्धित वडा/पालिकाका जनमत पार्टीका सदस्यले भाग लिन पाउनेछन् । मतदानको व्यवस्था जनमत पार्टीबाट निर्वाचित भएका सम्बन्धित स्थानीय तहले नै मिलाउने जनाइएको छ ।

भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने षडयन्त्र गर्‍यो : ओली

इकागज | जेठ ७, २०८०

काठमाडौँ - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दोषीलाई उम्क...

भारतीय जनता पार्टी नेपाललाई हिन्दु राष्ट्र बनाउन हिडेको छ सरकारको धयान जाओस् : चित्र बहादुर केसी

इकागज | जेठ ७, २०८०

काठमाडौँ - प्रतिनिधि सभा सदस्य चित्र बहादुर केसीले छिमेकी देशका सत्ताधारी पार्टीका संगठनहरुले नेपाललाई...

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे सरकारको नीति तथा कार्यक्रममा केही पनि बोलिएको छैनः ओली

इकागज | जेठ ७, २०८०

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक...

आजको संसद बैठकमा कडाइका साथ प्रस्तुत हुन सांसदलाई ओलीको निर्देशन

इकागज | जेठ ७, २०८०

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदलाई नीति तथा कार्यक्रममा पार्टीका धारणा कडा...

भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : अध्यक्ष नेपाल

इकागज | जेठ ६, २०८०

धनुषा- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथम...