प्रधानमन्त्री दाहाल आफैँले गरेका प्रतिबद्धताबाट भाग्नु हुन्छ : शंकर पोखरेल

इकागज | जेठ ९, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल आफैँले गरेका प्रतिबद्धताबाट भाग्ने गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री दाहाललाई जहाँ गए पनि मिठो कुरा गर्ने तर बिर्सिहाल्ने काम नगर्न महासचिव पोखरेलको सुझाव थियो । मंगलबारबाट काठमाडौँमा सुरु भएको सामुदायिक वन उपभोक्ता महासंघको सातौं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले सामुदायिक वनको क्षेत्रमा सरकारले गर्ने रचनात्मक काममा आफ्नो पार्टीको पूरै साथ रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

महासचिव पोखरेलले वन क्षेत्रलाई सरकारले मुलुकमा विद्यमान गरिबीमाथि विजय हासिल गर्ने माध्यमका रूपमा लिएर अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए । उनले वन संरक्षणको नाममा स्थानीय समुदायलाई विस्थापित गर्ने खालको नीति खारेज गर्न पनि सरकारलाई सचेत गराए ।

महासचिव पोखरेलले वन क्षेत्रको विकास गरी गरिबी हटाउन सकिन्छ भन्ने मान्यतालाई कार्यान्वयनमा लैजानका लागि सरकारले स्थानीय तहको आम उपभोक्तासँगको साझेदारीमा जोड दिनुपर्ने तर्क समेत गरे ।

 

गोकुल बाँस्कोटाको प्रश्न- ३१ महिना सरकारमा रहँदा माओवादीलाई शान्तिप्रक्रिया टुंग्याउन कसले रोक्यो ?

इकागज | जेठ ९, २०८०

काठमाडौं - एमाले सांसद गोकुल बाँस्कोटाले ३१ महिना सरकारमा रहँदा माओवादीलाई शान्तिप्रक्रिया टुंग्याउन क...

राप्रपा नेपालको केन्द्रीय समिति र जिल्ला अध्यक्षको संयुक्त बैठक आज

इकागज | जेठ ९, २०८०

काठमाडौँ- राप्रपा नेपाल केन्द्रीय कार्य समिति र जिल्ला अध्यक्षहरूको संयुक्त बिस्तातित बैठक आज काठमाडौँमा ब...

देशका लागि राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सिर्जना गर्ने काम भयाे : ओली

इकागज | जेठ ८, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका लागि राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सिर्ज...

भुटानी शरणार्थी प्रकरणमा पूर्वप्रधानमन्त्रीमाथि अनुसन्धान गर्न माग

इकागज | जेठ ८, २०८०

काठमाडौं - नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई जना पूर्व...

कुन प्रधानमन्त्रीले के कस्तो काम गरे ? संसदमा छलफल गरौँ : माधव नेपाल

इकागज | जेठ ८, २०८०

काठमाडौं - एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुन प्रधानमन्त्रीले के कस्तो का...

संक्रमणकालीन न्यायासँग सम्बन्धित विधेयकमा एमालेको पूर्ण समर्थन रहनेछ : उपमहासचिव ज्ञवाली

इकागज | जेठ ७, २०८०

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण र मेल...

प्रधानमन्त्री दाहाललाई विप्लवको सुझाव : एक पटक माओवादी भएर काम गर्नुस्

इकागज | जेठ ७, २०८०

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताका चाहनालाई समयमा नै सम्बोधन नगर...

टिआरसीसँग सम्बन्धित विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ : रमेश लेखक

इकागज | जेठ ७, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई चाल...