प्रदीप पौडेलको खबरदारी : सरकारले सार्वजनिक जग्गाको दुरुपयोग नगरोस्

इकागज | जेठ १५, २०८०

काठमाडौँ- नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको दुरुपयोग हुन नदिन सरकारसँग आग्रह गरेका छन् । सोमबार गणतन्त्र दिवसको दिन काठमाडौंमा वामपन्थी नेता निर्मल लामा प्रतिष्ठानको नाममा छुट्टयाइएका जग्गामा वृक्षारोपण गर्दै उनले सार्वजनिक जग्गालाई नजिकका मानिसलाई दिन नहुने बताए ।

सांसद पौडेलले सरकारले सार्वजनिक जग्गाको संरक्षण कसरी गर्ने भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपर्ने बताए । उनले काठमाडौं क्षेत्र नम्बर ५ मा सार्वजनिक जग्गा खोजेर ती जग्गाहरुको संरक्षणका लागि आफूले वृक्षारोपण गर्ने बताए । उनले  काठमाडौँको महंगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताए । सांसद पौडेलले नर्मल लामा प्रतिष्ठानको आवरणमा व्यापारिक केन्द्र बनाउन दिन नसकिने बताए । उनले केही मानिसको स्वार्थ पूरा गर्न लामाको सम्मानित नाम बद्नाम नगर्न चेतावनी दिए ।

‘नेपालभर सार्वजनिक जग्गा कहाँ कहाँ छ, पहिला सरकारले पहिल्याउनुपर्छ । कहाँ छ र कसरी संरक्षण गर्ने भन्नेबारेमा सरकारले स्पष्ट नीति ल्याउनुपर्छ । स्थानीय सरकारसँगको समन्वयमा छ । मैले यसको पैरवी गर्ने र लागिपर्ने प्रतिवद्धता व्यक्त गर्छु । काठमाडौं क्षेत्र नम्बर ५ मा सार्वजनिक जग्गा कहाँ छ खोज्छौँ, र त्यहाँ वृक्षारोपण गर्ने प्रतिवद्धता व्यक्त गर्छौं । वृक्षरोपण गरेर सार्वजनिक जग्गा जोगाउनेछौँ । काठमाडौंको महंगो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिलाई अन्त्य गर्नेछौँ । र नागरिकको हीतको लागि प्रयोग गर्नेछौँ । यो जग्गाको सन्दर्भ जहाँसम्म छ, निर्मल लामा सम्मानित व्यक्ति हुनुहुन्छ' उनले भने 'उहाँलाई सम्मान गर्न उहाँको नाममा प्रतिष्ठान बनाएर व्यापारिक केन्द्र बनाउन दिन सकिँदैन । केही मानिसको स्वार्थ पूरा गर्न उहाँको सम्मानित नाम बद्नाम गर्न पाइँदैन । राज्यले लगानी गरी पार्क बनाइ यसको नाम निर्मला लामा पार्क राख्छ भने आपत्ति भएन । तर यहाँ प्रतिष्ठान बनाएर सटर बनाइ केही मानिसले लाभ लिने र ४० वर्षसम्म लिजमा दिने कुरा किमार्थ स्वीकार हुँदैन । गणतन्त्र दिवसको दिन वृक्षारोपण गरेर हामीले यसको रक्षा गरेका छौँ । हामी सरकारलाई भन्न चाहन्छौँ, यो हाम्रो हीतको लागि प्रयोग गरियोस्, यहाँका नागरिकको हीतको लागि प्रयोग गरियोस्, नजिकका मानिसको स्वार्थ पूरा गर्नका लागि प्रयोग गरियो भने हामी बाधक भएर आउनेछौँ । स्वार्थ पूरा हुन दिँदैनौँ ।’

सांसद पौडेलले सार्वजनिक जग्गा स्थानीय जनताको हीतका लागि प्रयो गर्नुपर्ने बताए । उनले सरकारले नजिकका मानिसको स्वार्थ पूरा गर्नका लागि सार्वजनिक जग्गा लिजमा दिए आफू बिरोधमा उत्रिने पनि बताए । सांसद पौडेलले वृक्षारोपण गरेको जग्गा आफ्नै पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री (अघिल्लो सरकार) भएको समयमा मन्त्रिपरिषदको बैठकले निर्मल लामा प्रतिष्ठानलाई दिने निर्णय गरेको थियो । 

ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले भूमिका निर्वाह गनुपर्छ : सभापति देउवा

इकागज | जेठ १५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान...

गणतन्त्रको कारण अख्तियारको दुरुपयोग भयो, भ्रष्टाचार बढ्यो भन्ने जस्ता मिथ्या प्रचार सुरु भयो : अध्यक्ष ओली

इकागज | जेठ १५, २०८०

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबु...

कार्यान्वयन पक्षलाई जोड दिएर बजेट ल्याउनुपर्छ : प्रमुख सचेतक लेखक

इकागज | जेठ १४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याउने बजेट कार्यान्वयन पक्षलाई जोड दिएर ...

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य हुन्नः महेश बर्तौला

इकागज | जेठ १४, २०८०

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका ...

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक : पन्त

इकागज | जेठ १४, २०८०

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरण गर्न ...

रौतहटमा हत्या श्रृंखला : शान्ति सुरक्षा कामय गर्न प्रभु साहको माग

इकागज | जेठ १४, २०८०

काठमाडौं - प्रतिनिधिसभा सदस्य प्रभु साहले रौतहटमा लगातार व्यक्ति हत्या भएको भन्दै शान्ति सुरक्षाको माग गरे...

जलहरी प्रकरणमा शेखरले भनेः कस्तो विडम्बना ! अनियमितता कति दिन ढाक्न सकिएला र ?

इकागज | जेठ १४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जलहरी प्रकरणमा सांसदले उठाएको अभिव्यक्ति हटाउने न...

मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौँ : रवि लामिछाने

इकागज | जेठ १३, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले ...

पूर्वराजाप्रति झलनाथको टिप्पणी : मन्दिरमा पूजा गरेर राजतन्त्र आउँदैन

इकागज | जेठ १३, २०८०

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्क...