'बालकृष्ण खाणलाई कारबाही किन नगरेको' भन्दै नेविसंघको प्रदर्शन

इकागज | बैशाख ३१, २०८०

काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई उन्मुक्ति दिन नहुने भन्दै नेविसंघले काठमाडौंमा प्रदर्शन गरेको छ । 

काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले शरणार्थी प्रकरण देशद्रोही काम भएकाले यसमा संलग्नहरुलाई उन्मुक्ति दिन नहुने भन्दै घण्टाघर क्षेत्रमा प्रदर्शनमा गरेका हुन् । 

प्रदर्शनमा सहभागीहरूले भ्रष्टाचारी होसियार, देश बेच्न पाईदैन, टोप बहादुर रायमाझी कता हरायो, सभापतिज्यू बालकृष्ण खाँणलाई कारबाही किन नगरेको लगायतका नाराबाजी गरेका थिए । उनीहरूले आफ्ना नेताहरू प्रकरणमा संलग्न भएपनि दोषी भए कडा कानुनी कारबाही गर्नुपर्ने जनाएका छन् ।

 त्यस्तै विद्यार्थीहरूले शरणार्थी प्रकरणमा कुनै दवाव बिना अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । 

तीन दिन चलेको एमाले केन्द्रीय कमिटी बैठकले के-के निर्णय गर्‍यो ?

इकागज | बैशाख ३०, २०८०

काठमाडौँ- नेकपा एमालेले वार्षिक कार्ययोजना तयार पारेको छ । तीन दिनसम्म सञ्चालन भएको केन्द्रीय कमिटी बैठ...

१६ बुँदे प्रस्ताव : भ्रष्टाचारका सबै काण्डहरूको निष्पक्षतापूर्वक छानबिन हुनुपर्छ

इकागज | बैशाख ३०, २०८०

काठमाडौँ- नेकपा एमालेले मुलुक राजनीतिक, आर्थिक र सामाजिक रूपमा सङ्कटतर्फ उन्मुख हुँदै गएको भन्दै ...

नेकपा ब्युँताउन तयार रहेको भन्दै माधव नेपालले भने : एमाले अध्यक्ष ओली सच्चिएर आए एकै ठाउँ बस्न सकिन्छ

इकागज | बैशाख ३०, २०८०

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू अहिले पनि नेकपा ब्युँताउन तयार ...

खाँण निलम्बनमा देउवाको मौनता, दबाब बढाउँदै महामन्त्री

उपेन्द्र अर्याल | बैशाख ३०, २०८०

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्...

स्थिर सरकार नभएकाले छानबिनमा आशंका छ : पूर्वप्रधानमन्त्री भट्टराई

इकागज | बैशाख ३०, २०८०

काठमाडौँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहुमतको स्थिर सरकार...

जनताको पक्षमा काम गरे सरकारलाई हाम्रो सहयोग रहन्छ : सभापति लामिछाने

इकागज | बैशाख ३०, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्...